aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

जसपाले आज मधेस प्रदेशका गठबन्धनका मन्त्री हटाउने

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शुक्रबार, २८ असोज २०७९
जसपाले आज मधेस प्रदेशका गठबन्धनका मन्त्री हटाउने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारबाट जसपाका चार मन्त्रीलाई पदमुक्त गरेपछि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा सत्तारुढ गठबन्धन दलमा आबद्ध सबै मन्त्रीहरूलाई पदमुक्त गर्ने तयारी गरेका छन् । मुख्यमन्त्रीले सत्तारुढ दलका मन्त्रीलाई पदमुक्त गर्न छलफल सुरु गरेको छ ।

सत्तारुढ गठबन्धनमा रहेको जसपाले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले बिहीवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त गरेका छन् ।

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले नागरिकसँग भने,‘ संघीय सरकारबाट जसपाका मन्त्रीहरू हटाएपछि हामी पनि सत्तारुढ दलका सबै मन्त्रीलाई हटाउनेबारे छलफल गरिरहेका छौं । उनले भने,‘ती मन्त्रीहरू भोलिसम्म पदमुक्त हुनसक्छन् ।’  

मधेस प्रदेश सरकारमा कांग्रेसबाट रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह, ओमप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रबाट भरतप्रसाद साह, रुवी कर्ण (राज्यमन्त्री), नेकपा एकीकृत समाजवादीका शत्रुधन महतो र प्रमोदकुमार यादव मन्त्री छन् ।

माओवादी केन्द्रबाट मधेस सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले भने,‘संघमा हाम्रा मन्त्रीहरू हटाइएकाले हामी पनि सत्ता गठबन्धनका मन्त्रीहरू हटाउन लागेका छौं भनेर मुख्यमन्त्रीजीले फोन गर्नुभएको छ।’  

प्रतिक्रिया दिनुहोस