aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ असोज २०७९
छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका १३ बाफलस्थित वीरगंज खाजा घरभित्र जुवातास खेलिहेको अवस्थामा खाजा घर सञ्चालक गोरखा, गोरखा नगरपालिका १४ घर भएका २२ वर्षीय सन्दिप अधिकारी समेत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २९ हजार ६ सय ७० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका २६ गोगंबुस्थित वीरेन्द्र ऐश्वर्य मार्ग नजिक रहेको होटल ब्ल्याक स्टोनमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक मकवानपुर घर भएका ४२ वर्षीय कृष्ण बहादुर लामा समेत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बलम्बुबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त होटलको कोठा नम्बर ५०१ मा जुवातास खेलिरहेका उनीहरूलाई नगद ४ लाख २५ हजार रूपैयाँ र २१ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसँगै स्रोत नखुलेको १० लाखबढि नगद सहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रूपैयाँ सहित भारतीय नागरिक ५० वर्षीय मोहद तसलिमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलको आन्तरिक उडानतर्फको ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्स रे मेसिनमा जाँच गर्ने क्रममा स्रोत नखुलेको तथा भन्सार उद्‌घोष नगरेको नेपाली रूपैयाँ १ हजार दरको ८ सय १६ थान र ५ सय दरको ५ सय ८ थान गरी उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस