aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ असोज २०७९
यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेका छन् । मन्त्री कार्कीले शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गरेका हुन् ।

शुक्रबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले बैठकमा विभिन्न विलासी वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको बताए । यसअघि असोज २८ गतेसम्म महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकल आयातमा प्रतिबन्ध लगाइएकोमा त्यसलाई निरन्तरता दिँदै आगामी मंसिर २९ गतेसम्म लम्बाइएको हो । अब विदेशी मदिरा, ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप कार भ्यानको आयात मंसिर २९ गतेसम्म आयात प्रतिबन्ध रहनेछ ।

त्यस्तै, बैठकले विदेशी लगानीको सिमा तोक्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सिमा प्रतिविदेशी लगानीकर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरिएको छ  ।  

यस्तो छन् निर्णय 

प्रतिक्रिया दिनुहोस