aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

युक्रेनले निर्यातको दायरा विस्तार गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ असोज २०७९
युक्रेनले निर्यातको दायरा विस्तार गर्ने

किभ । युक्रेनले आफ्नो सामुद्रिक बन्दरगाहमार्फत निर्यातका लागि सामानको दायरा विस्तार गर्ने विषयमा टर्कीसँग छलफल गर्न तयार रहेको सरकारी युक्रेनी समाचार एजेन्सीले बिहीबार जनाएको छ ।   

“हामी भविष्यमा युक्रेनबाट सामानको निर्यातको दायरा विस्तार गर्ने सम्भावनाको बारेमा प्रश्न उठाइरहेका छौं,” टर्कीका लागि युक्रेनका राजदूत भासिल बोडनारलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएको छ । हाल युक्रेनी बन्दरगाहबाट ब्ल्याक सी ग्रेन इनिसियटिभअन्तर्गत हरित मार्गलाई सहज रुपमा काम गरिरहेको बोडनारले बताए । 

“चाँडै नै युक्रेन र टर्कीले सम्झौताको विस्तारको बारेमा वार्ता गर्ने छन्,” बोडनारले भने । जुलाई २२ मा, युक्रेन र रूसले इस्तानबुलमा टर्की र संयुक्त राष्ट्रसङ्घसँग युक्रेनी बन्दरगाहबाट ‘क्ल्याक सी’ हुँदै अन्तर्राष्ट्रिय बजारमा खाद्यान्न र मल ढुवानी पुनः सुरु गर्न छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर गरेका थिए ।  

युक्रेनको पूर्वाधार मन्त्रालयका अनुसार यो सम्झौता लागू भएयता ७३ लाख ८० हजार टन कृषि उत्पादन बोकेका ३३१ जहाज युक्रेनी बन्दरगाहबाट एसिया, युरोप र अफ्रिकी राष्ट्रहरूका लागि प्रस्थान गरेका छन् । यो सम्झौता आगामी नोभेम्बर १९ मा सकिँदैछ । 

प्रतिक्रिया दिनुहोस