aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

गम्भीर मोडमा सत्यमोहनको स्वास्थ्य अवस्था

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शनिबार, २९ असोज २०७९
गम्भीर मोडमा सत्यमोहनको स्वास्थ्य अवस्था

काठमाडौं । बिरामी भएर अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ ।

किस्ट अस्पतालले शुक्रबार बुलेटिन जारी गर्दै जशीको अवस्था चिन्ताजनक रहेको जनाएको हो । २२ दिनदेखि उपचाररत उनलाई बिहीबार आईसीयूमा सारेर उपचार थालिएको थियो । तर, औषधिले शरीरमा राम्रो काम नगरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

जोशीलाई लामो समयदेखि निमोनिया सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या छ । साथै उनलाई डेङ्गी पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस