aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

विश्वका सबैभन्दा धनीको फिटनेसको रहस्य खुलाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ असोज २०७९
विश्वका सबैभन्दा धनीको फिटनेसको रहस्य खुलाए

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कले आफ्नो फिटनेसको रहस्य खुलाएका छन् । स्वस्थ र तन्दुरुस्त रहन उपवाससँगै वेगोवी नामको विशेष औषधि सेवन गर्ने उनले बताए । एलोन मस्क ५१ वर्षको उमेरमा पनि ३०(३२ वर्षको युवा जस्तो देखिन्छन्। प्रायः धेरैले ट्विटरमा उनको फिट शरीरको रहस्य थाहा पाउने प्रयास गर्छन्।

भर्खरै उनका एक फ्यानले ट्वीटरमा सोधे कि उनी राम्रो देखिन्छन्, के उनी भारोत्तोलन र हेल्दी डाइट गरिरहेका छन् । यस प्रश्नको जवाफमा मस्कले ट्वीट गरे, ूउपवास र वेगोवी औषधि भनेकाछन । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गत वर्ष वेगोवी नामक औषधिलाई तौल घटाउने औषधिको रूपमा अनुमोदन गरेको थियो। मधुमेहको उपचारमा यसको प्रयोग हुने भएपनि अहिले यो तौल घटाउने औषधिको रुपमा प्रख्यात बन्दै गएको छ ।

 भिगोवी डेनमार्कको औषधि कम्पनी नोभो नोर्डिस्कको सेमाग्लुटाइड औषधिको अपडेटेड संस्करण हो जसले शरीरमा भोक हर्मोनलाई सन्तुलनमा राख्छ र पाचन प्रक्रियालाई ढिलो बनाउँछ जसले शरीरमा भोकको हर्मोनलाई सन्तुलनमा राख्छ र पाचन प्रक्रियालाई सुस्त बनाउँछ जसका कारण लामो समयसम्म भोक लाग्दैन। यो औषधि मोटो व्यक्तिलाई हप्तामा एक पटक सुई लगाइन्छ। यो औषधिले ६८ हप्तामा १५ देखि २० प्रतिशत तौल घटाउँछ र यसको प्रभाव धेरै लामो समयसम्म रहन्छ।

प्रतिक्रिया दिनुहोस