
काठमाडौं । सरकारका अधिकांश मन्त्रीले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीको दुरुपयोग गर्दै प्रचारप्रसारमा सरिक भइरहेका छन् ।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्बन्धी आचारसंहिता २०७९ अनुसार सरकारका मन्त्रीहरूले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी र सरकारी साधनस्रोत प्रयोग गर्न पाउँदैनन् । तर, सरकारका झन्डै १४ मन्त्री अहिले मन्त्रालयका विभिन्न साधनस्रोत र गाडीको दुरुपयोग गर्दै आप्mनो चुनाव प्रचार र घरदैलो गरिरहेका छन् । केही मन्त्रीले त राहतका नाममा चामलसमेत वितरण गरेर निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् ।
मन्त्रीहरूले मन्त्रालयबाट जिल्लामा जाँदा त्यसको जानकारी अनिवार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गराउनुपर्छ । जिल्ला भ्रमण गर्दा प्रधानमन्त्री कार्यालयबाट भ्रमण स्वीकृतसमेत गराउनुपर्छ तर अधिकांश मन्त्री जिल्ला भ्रमणमा रहे पनि कसैले पनि भ्रमण स्वीकृत नगराएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
सो कार्यालयका अनुसार हाल चुनाव क्रममा सहरी विकासमन्त्री मेटमणि चौधरी, परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, शिक्षामन्त्री देवेन्द्र पौडेल, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलगायत जिल्लामा रहेका छन् । उनीहरू धेरै दिनदेखि जिल्लामा छन् ।
उम्मेदवारी रद्दसम्म हुन सक्छ : प्रमुख आयक्त
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता २०७९ उल्लंघन भए उम्मेदवारको उम्मेदवारी रद्दसमेत हुन सक्ने चेतावनी दिएका छन् ।
पोखरामा शनिबार आयोजित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा प्रमुख आयुक्त थपलियाले आचारसंहिताको पालनामा कडाइ गर्न र उल्लंघन गरेको देखिएमा तत्काल आयोगमा लिखित वा मौखिक जानकारी दिन आग्रह गरे ।
सो क्रममा उनले आयोगले तोकेका अनुगमन अधिकृतलाई आचारसंहिताको उल्लंघन गर्ने उम्मेदवारलाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्न तथा उम्मेदवारबाट चित्तबुप्mदो जबाफ पेस नभएमा उम्मेदवारी रद्द गर्नेसमेतको अधिकार रहेको भनेका हुन् ।
‘निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरेर आयोगले निर्वाचन आचारसंहिता २०७९ निर्माण गरेको छ, निर्वाचन आचारसंहिता, २०७९ को दफा ४६ मा कसैले आचारसंहिता उल्लंघन गरेमा आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम १ लाखसम्म जरिमाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्नेछ ।’ प्रमुख आयुक्त थपलियाले भने ।
थपलियाले उम्मेदवारले मनोनयन दर्ता गर्ने क्रममा बुझाएको विवरणमा उल्लेख भएबमोजिमको स्रोतबाट खर्च गरेको नगरेको ’दयगत आयोगले निगरानी गर्ने बताउँदै आचारसंहिता उल्लंघन गर्ने कर्मचारीलाई समेत कारबाही गर्न सुरु भइसकेको जानकारी दिए ।
उनले कर्मचारीलाई समेत निर्वाचन सम्पन्न नहुँदासम्म सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाउन आग्रह गरे ।
आफ्नै स्वार्थसिद्ध हुने व्यक्तिगत फाइदा हुने कामका लागि आक्कलझुक्कल मन्त्रालय पनि आउने गरेका छन् तर मन्त्रालय आए पनि फेरि लगत्तै जिल्ला फर्कने गरेको एक मन्त्रालयका अधिकारीले बताए । ‘उहाँहरूलाई मन्त्रालयको काम गर्ने कुनै फुर्सद छैन तर आप्mनो स्वार्थका लागि भने आक्कलझुक्कल झुल्कने र फोनबाट निर्देशन दिने गरेका छन्,’ एक मन्त्रालयका सहसचिवले राजधानीसँग भने ।
सहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहितालाई बेवास्ता गर्दै शुक्रबार र शनिबार दाङको देउखुरी क्षेत्रमा चामल वितरण गरेका छन् ।
आचार संहिताविपरीत चामल वितरण गरेपछि सहरी विकासमन्त्री चौधरीविरुद्ध निर्वाचन आयोगमा उजुरीसमेत परेको छ ।
आयोगले आवश्यक छानबिन भइरहेको जनाएको छ । अन्य मन्त्रीले पनि चुनाव प्रचारमा मन्त्रालयका तीन÷चारवटासम्म गाडी प्रयोग गरिहेको बताइन्छ । तर, निर्वाचन आयोगले यस’दयगत कुनै अनुगमन गर्न सकेको छैन । आयोगका अधिकारीहरूले भने मन्त्रीहरूले आचारसंहिता उल्लंघन गरेका उजुरी धमाधम प्राप्त भइरहेकाले त्यस सम्बन्धमा गम्भीरतापूर्वक छानबिन थालिएको बताएका छन् ।
तीन मन्त्रालयलाई सोध्यो आयोगले स्पष्टीकरण
निर्वाचन आयोगले आचार संहिताविपरीत काम गरेको भन्दै तीन वटा मन्त्रालयलाई स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयले आचार संहिताविपरीतका कार्य गरेको भन्दै सहरी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । ती मन्त्रालयले आयोगको सहमतिविपरीत विभिन्न कार्य गरेकाले सहमतिबमोजिम मात्र कार्यसम्पादन गर्न आयोगले निर्देशन दिएको छ ।
६ व्यक्ति र आठ संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । आयोगमा परेका उजुरी तथा प्राप्त जानकारीका आधारमा आयोगले उनीहरूलाई स्पष्टीकरण सोधेको हो ।
प्रतिक्रिया दिनुहोस