कपिलवस्तु । कृष्णनगर नगरपालिका २ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँ सहित प्युठान, प्युठान नगरपालिका ८ मानागाँउ बस्ने ३४ वर्षीय शुशिल बहादुर पुन मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु।१ ख २३९७ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको अगाडिको बोनटको भागमा राखिएको उक्त नगद सहित फेला पारी बस चालक शुशिललाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस