aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

घरेलु कामदारको श्रम स्वीकृति खुलाउन निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ भदौ २०७६
घरेलु कामदारको श्रम स्वीकृति खुलाउन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले घरेलु कामदारको श्रम स्वीकृति तत्काल खुलाउन निर्देशन दिएको छ। समितिले परीक्षणका लागि भन्दै पुनः श्रम स्वीकृति खुला गर्न श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिको निर्देशनपछि पनि नयाँ घरेलु श्रमिकको हकमा भने अध्ययनपछि मात्र आवश्यकताअनुसार श्रम स्वीकृति खुला हुने जनाइएको छ । घरेलु कामदारको पुनः श्रम स्वीकृतिको समस्यालाई सामधान गर्न विगत एक वर्षमा पटक-पटक बैठक बसेको थियो ।

श्रम मन्त्रालयले लिखित रूपमा नै समितिलाई पत्र लेखेर घरेलु कामदारको पुनः श्रम स्वीकृतिको मार्गप्रशस्त गरिदिन बारम्बार आग्रह गरिरहेको थियो । अब बिदामा आउने घरेलु श्रमिकले आफू रोजगारदाताबाट कुनै शोषणमा नपरेको कुरा स्वयं प्रमाणित गरेर पुनः श्रम स्वीकृति लिन सक्नेछन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस