aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

रुसी सैन्य स्थलमा ‘आतङ्कवादी हमला’ एघारको मृत्यु, पन्ध्र घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० असोज २०७९
रुसी सैन्य स्थलमा ‘आतङ्कवादी हमला’ एघारको मृत्यु, पन्ध्र घाइते

एजेन्सी । बेल्गोरोड क्षेत्रमा रुसी सैन्य स्थलमा शनिबार भएको आतङ्कवादी हमलामा  परी कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् । युक्रेननजिकैको रुसी सेनाको सैन्य स्थलमा दुई स्वयंसेवी सैनिकले अन्य सेनामाथि गोली हानेका रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयले एक विज्ञप्तिमा उक्त गोलीबारी युक्रेनसँग सीमा जोडिएको दक्षिणपश्चिमी रुसको बेल्गोरोड क्षेत्रमा भएको जनाएको छ ।अज्ञात भूतपूर्व सोभियत राष्ट्रका दुई स्वयंसेवकहरूले लक्ष्य अभ्यासको क्रममा अन्य सैनिकहरूलाई गोली हाने र जवाफी गोली प्रहारमा मारिए जनाइएको छ ।  मन्त्रालयले यस घटनालाई आतङ्कवादी हमला भनेको छ । 

रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै तास समाचार समितिले पश्चिमी सैन्य जिल्लामा प्रशिक्षण सत्रको क्रममा शनिबार आक्रमण भएको हो । बन्दुकधारीहरू पूर्व सोभियत राज्यहरूका थिए । रुसी अधिकारीहरूले उक्त हमलालाई आतङ्कवादी कार्यको संज्ञा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस