aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाली किसानका लागि खुल्दै अन्तर्राष्ट्रिय बजार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ भदौ २०७६
नेपाली किसानका लागि खुल्दै अन्तर्राष्ट्रिय बजार

काठमाडौँ । तुलनात्मक लाभका वस्तु उत्पादन र निर्यात गर्न उद्यमीलाई लक्ष्य गरी सरकारले निर्यातगृह निर्माण गर्न भएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी) ले साना, लघु, घरेलु र मझौला उद्योग, सहकारी र किसानलाई लक्ष्यीत गरी निर्यात गृह स्थापना गर्न लागेको हो ।

साना लघु, घरेलु र मझौला उद्योग सहकारी तथा किसानले ससानो परिमाणमा तुलनात्मक लाभका वस्तु उत्पादन गर्दै आएका छन् । तर, उनीहरूको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म छैन । अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुँदा त्यस्ता वस्तुले बजार नपाएर उत्पादकले लागत खर्च उठाउन नसक्ने र उत्पादन गर्ने कार्यबाट बिमुख हुने समस्यालाई समाधान गर्न निर्यातगृह स्थापना गर्न लागिएको हो ।

आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सरकारले साना, लघु, घरेलु र मझौला उद्योगबाट उत्पादित अलैँची, अदुवा, फेल्ट, फेसनका सामान लगायत अन्य वस्तुलाई अन्तर्राष्ट्रिय बजारसँग जोडन आवश्यक विभिन्न प्रकारको सेवा उपलब्ध गराएर निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्वच्छ व्यवसायी समूहसँग सहकार्य गरी निर्यातगृहको अवधारण अघि बढाइने घोषणा गरेको थियो ।

यसका लागि सरकारले चालु आवमा सुरुआति बजेट ३२ लाख रुपैयाँ विनियोजन गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।
 

प्रतिक्रिया दिनुहोस