aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

बैंकिङ कसूर मुद्दाका फरार ब्रजेश उपाध्याय पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० असोज २०७९
बैंकिङ कसूर मुद्दाका फरार ब्रजेश उपाध्याय पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १ नक्साल बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका ५ घर भएका ५० वर्षीय ब्रजेश उपाध्यायलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७९ साउन २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ महिना १५ दिन कैद, २ करोड ६१ लाख ५५ हजार १ सय ७५ रुपैयाँ जरिवाना र १० लाख ४६ हजार २ सय ७ रुपैयाँ क्षतिपूर्ति ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नक्सालबाट पक्राउगरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पठाइएको छ

प्रतिक्रिया दिनुहोस