aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

गठबन्धनका दलका अपिल साझा तर घोषणापत्र अलगअलग

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, ३१ असोज २०७९
गठबन्धनका दलका अपिल साझा तर घोषणापत्र अलगअलग

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेलसहित मैदानमा उत्रिएका सत्ता गठबन्धन आबद्ध चार दलले चुनावी अपिल साझा तर घोषणापत्र अलगअलग बनाउँदै छन् ।

सत्ता गठबन्धनले गठबन्धन आबद्ध दलको चुनावी अपिल बनाउनका लागि गठबन्धन आबद्ध चार दलबाट एकरएक जना सदस्य रहने गरी समिति बनाएको छ । यस्तै, चारै दलले आआफ्नै घोषणापत्रसमेत तयार गर्दै छन् ।

साझा अपिल बनाउन समितिमा नेपाली कांग्रेसबाट प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा माओवादी केन्द्रबाट हितमान शाक्य, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी सदस्य छन् ।

समितिमा सत्ताको नेतृत्व गरेको दल कांग्रेसबाट जिम्मेवारी पाएका महतले निर्वाचनका लागि सत्ता गठबन्धन आबद्ध दलको साझा अपिल तयार हुँदै गरेको जानकारी दिए । ‘हामी साझा अपिल तयार गर्दै छौं, संविधानको रक्षा, स्थायीत्व, विकास र समृद्धिका विषय साझा अपिलमा रहनेछन्, घोषणापत्र भने हाम्रो आआफ्नै बन्छन्,’ कांग्रेस प्रवक्तासमेत रहेका महतले भने ।

प्रतिक्रिया दिनुहोस