एजेन्सी । महाराष्ट्रको अमरावतीमा आजकल ११ हजार रुपैयाँ भारुको एक किलो मिठाई आकर्षणको केन्द्र बनेको छ । यो मिठाईमा सुक्खा फलसँगै सुनको प्लेट हालेर बनाइन्छ । यो मिठाई हेर्न र किन्न मानिसहरुको भीड लागेको छ ।
यसपटक दीपावलीलाई ध्यानमा राखेर यो मिठाई विशेष गरी तयार पारिएको पसले बताउँछन् । यो मिठाई महाराष्ट्रको अमरावतीस्थित रघुवीर स्वीट्स पसलमा बनाइएको हो । सुनबाट बनेको यो मिठाई मानिसहरुको आकर्षणको केन्द्र बनेको छ । यो मिठाईको मूल्य सुन्ने जो कोही पनि अचम्ममा पर्छन् । मिठाईमा यस्तो के छ ।
आयुर्वेदमा सुनको अर्क राम्रो मानिएकोले यो मिठाई सुक्खा फलबाट बनाइएको छ । यसमा सुनको काम लगाइने भएकाले स्वास्थ्यका लागि पनि राम्रो हुने गरेको पसले चन्द्रकान्त पोपटको दाबी छ ।
यस मिठाईमा बदाम, पिस्ता र अन्य सुख्खा फलहरू थपिन्छन्। यो मिठाई अमरावतीमा मात्र नभई विदेशमा पनि पठाइँदै आएको पसले बताउँछन् । यो मिठाई हेर्न र स्वाद लिन ग्राहकहरु पसलमा पुगेका छन् । सो अवसरमा उपस्थित ग्राहकले कम फुट्ने भएकाले स्वास्थ्यका लागि फाइदाजनक रहेको बताएका छन ।
प्रतिक्रिया दिनुहोस