aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

रुसी ‘कामिकाजे ड्रोन’ द्वारा किभमा आक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३१ असोज २०७९
रुसी ‘कामिकाजे ड्रोन’ द्वारा किभमा आक्रमण

युक्रेन । रुसले सोमबार बिहान  किभमा ‘ कामिकाजे ड्रोन’ मानवरहित विमान आक्रमण गरेको छ ।  युक्रेनी राष्ट्रपतिले यस आक्रमणलाई झण्डै आठ महिनादेखि हजारौंको ज्यान लिने युद्धमा निराशाको कार्यको रूपमा वर्णन गरेको छ ।

किभमा सोमबार बिहान ६ः३५ बजे पहिलो विस्फोट हुनुभन्दा केही समयअघि हवाई आक्रमणको साइरन बजेको र  त्यसपछि देशका अधिकांश भागमा साइरन बजेको बताइएको छ । ‘राजधानीमा कामिकाजे ड्रोनद्वारा हमला गरिएको छ,’ राष्ट्रपतिका चीफ अफ स्टाफ एन्ड्री यर्माकले सामाजिक सञ्जालमा भनेका छन् । 

‘हामीलाई थप वायु रक्षा प्रणाली र सकेसम्म चाँडो चाहिन्छ । आकाशको रक्षा गर्न र शत्रुलाई नष्ट गर्न थप हतियारहरु  चाहिएको’ उनले बताएका छन् । रसियाले युक्रेनको राजधानी र देशका विभिन्न सहरहरुमा क्षेप्यास्त्र आक्रमणको ठूलो लहर जारी गरेको एक हप्तापछि आक्रमणहरू भएका जनाइएको छ  । 

किभका मेयर भिटाली क्लिट्स्कोले ड्रोन आक्रमणले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लाका धेरै भवनमा आगो लागेको र त्यहाँका बासिन्दाहरूलाई शरण लिन चेतावनी दिएको बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस