काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह भारतको नयाँ दिल्लीमा २०७९ कात्तिक १ गतेदेखि ४ गतेसम्म संचालन हुने इन्टरपोलको ९०औं महासभामा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन ।
National Central Bureau (NCB) काठमाडौं नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी, प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा, प्रहरी निरीक्षक यम कुमार श्रेष्ठ समेत नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट ५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
उनहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू सहकुल बहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी र रबिन्द्र बहादुर धानुक, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाई गरे ।
प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।
प्रतिक्रिया दिनुहोस