काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीमा कार्यरत मालपोत कार्यालयका अधिकृतलाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगले मालपोत अधिकृत अविनाश कुँवरलाई ५९ हजार रुपियाँ घुससहित नियन्त्रणमा लिएको हो।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जग्गा दर्ता गर्न आवश्यक कागजात प्रमाण हुँदाहुँदै सेवाग्राहीबाट विभिन्न बहाना बनाएर अधिकृत कुँवरले घुस माग्नुभएको थियो । उहाँलाई घुससहित पोखरा उपमहानगरपालिका-७ मुस्ताङ चोकबाट नियन्त्रणमा लिइएको थियो ।
उता आयोगले कर्णाली नदी व्यवस्थापन आयोजना, राजापुर बर्दियाका चारजना इन्जिनियरसहित पाँचजनामाथि सजायको माग गर्दै आरोपपत्र दायर गरेको छ । आयोगले आयोजनाअन्तर्गत तारजालीमा ढुङ्गा भर्ने कामको बिल भुक्तानीमा अनियमितता गरेको दाबीसहित इन्जिनियरहरू कमलप्रसाद सिटौला, विशेश्वरप्रसाद शाह, हरिप्रसाद चौधरी, आनन्दलालप्रसाद साहमाथि सजायको माग गरेको छ। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस