aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

चारवटै सुरक्षा संयन्त्र परिचालन गरिने

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • मंगलबार, ०१ कार्तिक २०७९
चारवटै सुरक्षा संयन्त्र परिचालन गरिने

काठमाडौं ।  सरकारले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि चारवटै सुरक्षा संयन्त्र परिचालन गरेको छ ।केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा अंगका सुरक्षाकर्मी परिचालन गरिएको हो । 

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलका अनुसार सुरक्षा योजनामा निर्वाचनको एक महिनाअघिदेखि नै निर्वाचन क्षेत्र तथा निर्वाचन गतिविधिको सुरक्षामा सुरक्षाकर्मी परिचालन गर्ने कुरा उल्लेख छ ।

गृह मन्त्रालयले तयार पारेको योजना केन्द्रीय सुरक्षा समितिले पारित गरिसकेको छ,’ प्रवक्ता पोखरेलले भने, ‘योजनाअनुसार एक महिनाअगावै सुरक्षाकर्मी परिचालन भइसक्छन् ।’

प्रतिक्रिया दिनुहोस