काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
बुधबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
बिहीबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस