aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

हिम्मतवाली रेखालाई भोट दिने भन्दै उत्साहित भए मोरङका मतदाता

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • मंगलबार, ०१ कार्तिक २०७९
हिम्मतवाली रेखालाई भोट दिने भन्दै उत्साहित भए मोरङका मतदाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी रेखा थापाले आफू आफ्नो कुरा राख्नभन्दा जनताको कुरा सुन्न आएको बताइएकी छन् ।

मोरङको सुन्दरहरैचा बेलेपुरमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् । नेताहरु पटकपटक आउँछन्, कान पाक्ने गरी, कान दुख्ने गरी, दिमाग हल्लिने गरी कुराहरु सुनाउँछन् । सपना देखाउँछन्, रेखाले भनिन्, अनि त्यो सपना उधारो हुन्छ । अनि त्यो कुराहरु केही पनि पुग्दैन । म सपना सुनाउन आएको होइन, तपाईंहरुको समस्या सुन्न आएको हो । मैले यहाँको समस्याहरु सबै बुझेको छु ।

आफू नेता बन्न होइन, नेता बनाउन आएको रेखाले बताइन् । अब तपाईंहरु मत दिने हातहरु महान नेताहरु हो, अब कस्तो व्यक्ति चुन्ने, कस्तो  व्यक्तिलाई यो ठाउँको सेवक बनाउने तपाईंहरुको हातमा छ । हिजो जे–जे भयो भयो हिजो आश गरेर जसलाई मत दियौं–दियौं, अब समय परिर्वनशील छ । तपाईंहरुको अगाडि विकल्पको रुपमा प्रस्तुत हुन आएकी छु, रेखाले आफ्नो उम्मेदवारीबारे प्रष्ट पारिन् ।

थापाले स्थानीयसँग त्यहाँका समस्याहरु सुनेकी थिइन्। त्यस क्रममा बोल्दै एक स्थानीय महिलाले धेरै वटा पार्टीको नेताहरु आएपनि केही सुधार नभएको बताइन् । बाटो उस्तै पिच भए हुन्थियो । यहाँ सिंहदेवी मन्दिर छ । बाटो पिच भए हामीलाई त्यहाँ जान सहज हुने थियो । आज उहाँ (रेखा) एउटा नारी भएर हिम्मतका साथ हाम्रो घरदैलोमा आउनुभएको छु, उनले भनिन्, के का लागि भन्दा उहाँ यो ठाउँको विकास गरौं भनेर नै हो । यहाँको समस्या हटाउन नै हो ।

ुहामीले जतिलाई भोट दियौं(दियौं केही भएन उहाँ जस्तो हिम्मतवालीलाई भोट दियौं भने हाम्रो ठाउँ र देशको विकास हुन्छ भन्ने मलाई लाग्दछ, उनले भनिन्, हिजो नेताहरु आउँथे, आफ्नो एकोहोरो कुरा राख्थे । भेटसम्म हुन पाउँदैन थियो । आज रेखा बहिनीसँग माया साट्न पाएका छौँ, हाम्रो समस्या राख्न पाएका छौँ । फोटो खिचेका छौँ, उहाँप्रति हामीमा यो ठाउँको लागि केही गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ।

प्रतिक्रिया दिनुहोस