काठमाडौं । अब संघ र प्रदेशमा दर्ता भएका व्यवसाय पनि महानगरपालिकामा दर्ता गर्नु पर्ने भएको छ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र संचालन भएका व्यापार व्यवसाय महानगरपालिकामा पनि दर्ता गरेर मात्र सञ्चालन गर्न पत्रिकामा सूचना प्रकाशित गरेको छ ।
आजको गोरखापत्र दैनिकमा एक सूचना जारी गर्दै महानगरपालिकाको राजश्व विभागले संघीय र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायीहरुका लागि निर्देशन दिएको छ । महानगरपालिकाले अनुगमनको क्रममा दर्ता नगरी व्यवसाय गरेको पाइएमा व्यवसाय बन्द गरी जरिवाना गरिने चेतावनी समेत दिएको छ ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरू (सङ्घीय सरकार र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरू समेत) ले महानगरपालिकामा व्यवसाय दर्ता नगरी व्यवसाय सञ्चालन गर्दै आएको पाइएको हुँदा यस सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र आफ्नो नजिकको वडा कार्यालयमा गई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्नुहुन अनुरोध छ ।’ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
हेर्नुहोस् सूचना यस्तो छ :

प्रतिक्रिया दिनुहोस