aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

खल्तीबाट मेट लाईफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ कार्तिक २०७९
खल्तीबाट मेट लाईफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने

काठमाडौं । खल्तीले मेट लाईफ इन्स्योरेन्सको बीमा प्रिमियम खल्तीबाट भुक्तानी गर्ने प्रयोगकर्ताहरुका लागि अफर उपलब्ध गराएको छ। यस अफर अनुसार प्रयोगकर्ताहरुले एक हजार रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नेछन्। 

त्यस्तै, दुई भाग्यशाली बिजेताले अक्टोबर देखि डिसेम्बर २०२२ सम्म प्रत्येक महिना स्मार्टब्याण्ड पनि प्राप्त गर्नेछन्। यो अफर डिसेम्बर ३१ सम्म लागु हुनेछ। प्रयोगकर्ताले प्रिमियम भुक्तानीको लागि तोकिएको मिति भन्दा सात दिन भित्र भुक्तानी गर्नुपर्ने हुन्छ। साथै, खल्ती मार्फत आउने क्यास्ब्याक प्रयोगकर्ताले महिनाको अन्तिममा प्राप्त गर्नेछन्।  

मेट लाईफ इन्स्योरेन्स बिमा गरेको ग्राहकले मेट लाईफ इन्स्योरेन्स साईटमा गएर सम्पूर्ण विवरण दाखिला गरे पश्चात पेमेन्ट अप्सनको रूपमा खल्ती छनौट गरि भुक्तानी गर्न सक्नेछन्। यस सुविधा बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,  “प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ। धेरै बीमा ग्राहकहरूले डिजिटल प्लेटफर्म मार्फत आफ्नो प्रिमियम तिर्न रुचाउने भएकाले भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याईएको हो।” 

प्रतिक्रिया दिनुहोस