काठमाडौँ । बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी नेपाल आउने भएकी छन् । उनले आफू फिल्म 'पासवर्ड'को प्रिमियरका लागि नेपाल आउन लागेको भन्दै यस्तो भिडियो सन्देश पठाएकी छिन्, 'नमस्ते नेपाल । म सनी लियोनी । मैले अभिनय गरेको नेपाली फिचर फिल्म पासवर्डको प्रमोस्नल इभेन्ट र प्रिमियरमा सहभागि हुन म सेप्टेम्बर ११ मा नेपाल आउँदैछु ।'
यी अभिनेत्रीले यो फिल्मलाई सफलताको शुभकामना दिँदै आफूले खेलेको नेपाली फिल्म हेरिदिन पनि दर्शकलाई अनुरोध गरेकी छिन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस