aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अर्गानिक कर्णाली प्रदेश बनाउन ५ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ भदौ २०७६
अर्गानिक कर्णाली प्रदेश बनाउन ५ करोड

वीरेन्द्रनगर । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अर्गानिक प्रदेश बनाउन प्रदेशका सबै जिल्लमा अर्गानिक नमुना गाउँ निर्माण गर्न थालेको छ ।

कर्णालीका १० जिल्लका १–१ स्थानीय तहलाई सरकारले अर्गानिक नमुना गाउँ बनाउन लागेको हो । यसका लागि १० जिल्लालाई ५०–५० लाख गरी जम्मा ५ करोड बजेट विनियोजन गरेको हो ।

प्रदेशमा विषादीयुक्त तरकारी तथा फलफुल भित्रन थालेपछि प्रदेश सरकारले यस्तो कार्यक्रम गर्न लागेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । यहाँका दुर्गम जिल्लामा समेत अहिले विषादी प्रयोग हुन गालेको छ । अर्गानिक नमुना गाउँअन्तर्गत उक्त मन्त्रालयले विभिन्न कार्यक्रम पनि सञ्चालन गरेको छ ।  यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस