
एजेन्सी । केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । यो हेलिकप्टर केदारनाथबाट तीर्थयात्री लिएर गुप्तकाशीतर्फ गइरहेको थियो । भारतको उत्तराखण्डनजिकै हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित ७ जनाको मृत्यु भएको हो ।
केदारनाथ धामबाट २ किलोमिटर टाढा गरुडछट्टी नजिक मौसम खराब हुँदा हेलिकप्टर दुर्घटना भएको हो । जसमा एक जना पाइलटसहित ६ जना यात्रु रहेका थिए ।
भारतिय सञ्चारमाध्यमका अनुसार कुहिरो र कम भिजिबिलिटीका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । हेलिकप्टर कुनै ठाउँमा ठोक्किएपछि विस्फोट भएको थियो । दुर्घटना धेरै खतरनाक थियो। हेलिकप्टर खसेलगत्तै इन्जिन उड्यो र हेलिकप्टर विस्फोट भएको हुनसक्ने अनुमान छ ।
गरुडछट्टी नजिकैको पहाडी खेतमा शवको टुक्रा भेटिएको छ । दुर्घटना हुँदा उक्त स्थान बाक्लो बादलले ढाकेको थियो भने बाक्लो कुहिरो र असिना पनि परेको थियो ।
प्रतिक्रिया दिनुहोस