aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

मोटरसाइकल चोरेर चलाइरहेका ६ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ कार्तिक २०७९
मोटरसाइकल चोरेर चलाइरहेका ६ जना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरेर अवैधरुपमा चलाइरहेका पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरी गर्ने ६ जनासहित पाँच वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

विभिन्न समयमा मोटरसाइकल चोरी गरेर अवैधरुपमा मोटरसाइकल चलाइरहेको भन्ने सूचना प्रहरीकोमा पुगेको थियो । सोहि सूचनाको आधारमा प्रहरीले वीरगञ्जका सुमित कुशवाहा, सोहि ठाउँका राजन मण्डल, अबय मण्डल, नन्दन कुमार चौरसिया, रिकी मण्डल र खरबुद आलम पक्राउ गरेको हो । 

उनीहरुको साथबाट ना.१० प ५०५१, ना.४२ प ४२१९, प्र.२ ०३ ००३ प ७५०९, ना.३७ प २०२४ र प्र.२-०३-००३ प ७५०९ नम्बरका मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।   
 

प्रतिक्रिया दिनुहोस