aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भोटेकोसीमा लगाइयो भोटे ताल्चा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ भदौ २०७६
भोटेकोसीमा लगाइयो भोटे ताल्चा

काठमाडौँ । माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनाबाट सेयर र मुआब्जा नपाएको भन्दै पीडितले सो आयोजनाको कार्यालयमा बुधबारबाट तालाबन्दी गरिएको छ।

आयोजनाले सेयर तथा मुआब्जा नदिएसम्म तालाबन्दी गरिरहने पीडितले बताएका छन्। पीडित बुद्धिबहादुर गुरुङले सो आयोजना र आयोजनाबाट प्रभावित स्थानीयबीच २०५२ सालमा जग्गाको मुआब्जा र निःशुल्क सेयर दिनेबारे भएको सम्झौता अहिलेसम्म कार्यान्वयन नभएको जानकारी दिनुभयो । लामो समय हुँदासमेत आयोजनाले सम्झौता पूरा नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उहाँले दुःखेसो गर्नुभयो ।

सो आयोजनाले स्थानीय मजदुरलाई बिनाकारण कामबाट निकालेको आरोप पनि पीडितहरूले लगाएका छन् । सम्झौता अनुसार १० प्रतिशत सेयर पाउनुपर्ने स्थानीयको माग छ तर आयोजना छ प्रतिशत सेयर दिन तयार भएको समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस