aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एमाले अध्यक्ष ओली अस्वस्थ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ कार्तिक २०७९
एमाले अध्यक्ष ओली अस्वस्थ

भापा । आज दिउँसो गृहजिल्ला झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन । झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा आज झापा आएका हुन । उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरी रहेको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए ।

तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उनी झापा आएका हुन । अध्यक्ष ओलीलाई ज्वरो आएपछि आज दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए । 

प्रतिक्रिया दिनुहोस