aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

गठबन्धनका नेताले किन गरे अध्यक्ष ओलीको खरो आलोचना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ कार्तिक २०७९
गठबन्धनका नेताले किन गरे अध्यक्ष ओलीको खरो आलोचना

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रवृतिको खरो आलोचना गरेका हुन् । मंगलबार ललितपुरमा संयुक्त चुनावी सभामा गठबन्धनका शीर्ष नेताहरुले ओलीको अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कमदको विरुद्ध अग्रगनका पक्षपातिहरु एक ठाउँमा उभिएको बताउँदै प्रतिपक्ष गठबन्धनप्रति आक्रोश व्यक्त गरेका थिए ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र आर्थिक समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका गर्नुभयो । 

उहाँले पूर्वप्रधानमन्त्री ओलीले दुई–दुई पटकसम्म संसद् भंग गरेर संविधान मिच्ने काम गरेको र आवधिक निर्वाचनको चक्रलाई समेत मिच्न खोजेको आरोप लगाउँदै भन्नुभयो, ‘जनताले चुनेको संसद्लाई मनपरी गरेर भंग गर्न मिल्दैन । यो–यो अवस्थामा बाहेक संसद् भंग गर्न पाइँदैन भन्ने व्यवस्था हामीले गरेका थियौं । 

राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गर्ने ओलीनै अहिले तिनै जनतामाझ मत माग्न जानु लाजको विषय हो ।’ रातारात नै राष्टपतिको जानु आवश्यक नभएको टिप्पणी गर्दै देउवाले भन्नुभयो, ‘त्यही काम बिहान ६–७ गरेको भए पनि हुन्थ्यो । लहडमा भंग गरिदिनुभयो । लहडमा त उहाँले के गर्नुहुन्छु, के गर्नुहुन्न के थाहा रु’

प्रतिक्रिया दिनुहोस