aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

झ्वाँकमा उम्मेदवारी, प्रतिशोधमा समर्थन

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • बुधबार, ०२ कार्तिक २०७९
झ्वाँकमा उम्मेदवारी, प्रतिशोधमा समर्थन

काठमाडौं । एमालेमा छँदाछँदै प्रभु साहले स्वतन्त्र रूपमा मनोनयनपत्र दर्ता गरे। स्वतन्त्र रोजेकोमा ‘खुसी’ प्रकट गर्दै सत्ता गठबन्धनले साहको उम्मेदवारीलाई समर्थन जनायो। विगतमा माओवादी नफर्केर एमालेमा बसेका साह स्थायी समिति सदस्य थिए । जसपासँग तालमेल गर्ने पार्टी निर्णयमा असहमति जनाउँदै ‘एकाएक’ एमाले त्याग्ने निर्णय लिएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटक चितवन ३ मा उम्मेदवार बनेनन् । गोरखा पुगे । दाहाल लड्दै आएको चितवन क्षेत्र नम्बर ३ मा एमालेले पनि फरक निर्णय गर्‍यो । आफ्नो पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको टिकट फिर्ता लिएर कांग्रेसका बागी उम्मेदवारलाई समर्थन जनायो ।

उक्त क्षेत्रमा कांग्रेसका बागी दिनेश कोइराला एमालेको समर्थनमा चुनाव लड्दै छन् । त्यस क्षेत्रमा माओवादी केन्द्रबाट डा. भोजराज अधिकारी सत्ता गठबन्धनका उम्मेदवार बनेका छन ।

प्रतिक्रिया दिनुहोस