
रुकुम । रुकुम पश्चिममा मदिरा विक्रीमा प्रतिबन्ध नलगाउन उच्च अदालत सुर्खेतले आदेश दिएको छ ।
साउन २९ गते उक्त अदालतका मुख्य न्यायाधीश सुदर्शन देव भट्टको संयुक्त इजालाशले सरकारबाट इजाजत प्राप्त गरी सञ्चालन गरेका व्यवसाय नरोक्न आदेश दिएको हो ।
स्थानीय सरकारले मदिरा व्यवसायमा रोक लगाएको भन्दै व्यवसायीको तर्फबाट पवन केसीले उच्च अदालत सुर्खेतमा मुद्दा दायर गरेका थिए । मुद्दाको अन्तिम टुङ्गो लगाउँदै अदालतले पूर्ण आदेश जारी गरेको हो ।
अदालतले पटक पटक मदिरा बिक्री नरोक्न आदेश दिए पनि जिल्लामा प्रतिबन्ध गरेको भन्दै स्थानीय व्यापारीले असन्तुष्टि व्यक्त गरेको खबर आजको अभियान दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस