aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

स्रोत नखुलेको २० लाख नगद सहित दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ कार्तिक २०७९
स्रोत नखुलेको २० लाख नगद सहित दुई जना पक्राउ

धनुषा । सबैला नगरपालिका १२ रघुनाथपुर नहरस्थित चोकबाट स्रोत नखुलेको २० लाख रूपैयाँ सहित सुनसरी जिल्ला ईनरूवा नगरपालिका २ बस्ने २७ वर्षीय बजरंग प्रसाद गुप्ता समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले प्र/१०२/०४६ प ५६३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ । 

त्यस्तै, चाँदी जस्तो देखिने धातुको विभिन्न सरसामान सहित दुई जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ३२ मझुवाबाट चाँदी जस्तो देखिने धातुको विभिन्न सरसामानहरू सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत घर भएका २१ वर्षीय राजु कुमार साह र बारा करैयामाई गाउँपालिका ८ बस्ने ३४ वर्षीय सरोज मियाँ मसुर रहेका छन् । 

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले दमौलीबाट पोखरातर्फ आउँदै गरेको ग/१ ख ९३०८ नम्बरको बसमा सवार राजु कुमारलाई १ सय ९३ तोला ९२ लाल र ग/१ ख २६९५ नम्बरको बसमा सवार सरोजलाई ४ सय १३ तोला ५२ लाल बराबरको चाँदी जस्तो देखिने धातुको विभिन्न सरसामान सहित पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस