aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

नेपालमै यस्तो विद्यालय, जहाँ पढाइसँगै व्यवसाय गर्छन् विद्यर्थीहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ भदौ २०७६
नेपालमै यस्तो विद्यालय, जहाँ पढाइसँगै व्यवसाय गर्छन् विद्यर्थीहरु

ज्वालामुखी गाउँपालिकास्थित खरीकी संगीता थापा एक हातमा घाँस अर्को हातमा किताब बोकेर बिहानै विद्यालय जान्छिन् ।

घरदेखि ३० मिनेटको बाटो हिँडेर विद्यालयमा घाँस ल्याउनु उनको दैनिकी जस्तै बनेको छ ।

हातमा किताबकापीसँगै घाँसको भारी भारी बोकेको देख्दा सुरुसुरुमा त गाउँलेहरू गलल्ल हाँस्थे । आमाबुबा पनि अचम्म मानेर कराउने गर्थे । संगीतालाई निक्कै नरमाइलो लाग्थ्यो ।

तर उनले हिम्मत हारिनन् । आमाबाबुलाई सम्झाइन् । अहिले उनी सबैको प्रिय बनेकी छन् । गाउँमै पहिलो पटक खोलिएको प्राविधिक विद्यालयमा ४० जना विद्यार्थी छन् ।

उनीहरूले विद्यालयमै बाख्रा, कुखुरा र बङ्गुर व्यवसाय गरेका छन् । प्राविधिक विषय अध्ययन गरी गाउँमै व्यवसायी बन्ने संगीताको सपना छ ।
त्यही सपनालाई पुरा गर्न विद्यालयमा वइव्सँइ गर्दै आइरहेको उनले सुनाइन । सुरुसुरुमा त गाउँको हाँसोको पात्र बनेकी थिएँ उनले सुनाइन् विद्यालयमा बाख्रा, कुखुरा, र बङ्गुर पालेका छौ, आम्दानी राम्रै गरिहरेका छौँ, अहिले गाउँलेहरू हेर्न आउँछन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस