aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

जुवा खेलिरहेको अवस्थामा २ लाख नगदसहित नौ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ कार्तिक २०७९
जुवा खेलिरहेको अवस्थामा २ लाख नगदसहित नौ जना पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्तीस्थित रौतहट चन्द्रनिगाहापुर नगरपालिका २ घर भएका सुभास पाण्डेको बेस्ट बारबिक्यू हाउसभित्र जुवा खेलिरहेको अवस्थामा सुभास पाण्डे लगायत ९ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नगद २ लाख २७ हजार रूपैयाँ र १४ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ । 
 

प्रतिक्रिया दिनुहोस