aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

लामिछानेलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ कार्तिक २०७९
लामिछानेलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका गर्न  चार दिनको म्याद थप गरेको छ । 

प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख  गर्दै  पुनः सात दिनको म्याद दिन अदालतसमक्ष आग्रह गरे पनि अदालतले चार दिनको म्याद मात्र थप गरेको छ । लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार आरोपमा गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस