aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

खानेपानी तथा सरसफाइ डिभिजनका दुई जना कर्मचारी २८ लाख घुस सहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ कार्तिक २०७९
खानेपानी तथा सरसफाइ डिभिजनका दुई जना कर्मचारी २८ लाख घुस सहित पक्राउ

काठमाडौं । रामेछापको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल(आठौं तह) र प्लम्बर बखतबहादुर थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । आयोगले उनीहरुलाई २८ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरेको हो । रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानी गर्दा उनीहरुले घुस बापत उक्त रकम लिएको खुलेको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका–१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो । उनीहरु दुबैलाई पक्राउ गरेपछि अनुसन्धानका लागि काठमाडौं ल्याउदै गरेको दुरुपयोग अनुसन्धान आयोगले बताएको छ । 

प्रतिक्रिया दिनुहोस