aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

बिहानै भूकम्पको धक्का

  • रासस
    रासस
  • विहीबार, ०५ भदौ २०७६
बिहानै भूकम्पको धक्का

सोलुखुम्बु । सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताए । सात दिनअघि म्याग्दीको लोलाङनजिक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टरको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस