aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बन्दसूचीमा नाम रहेका २८ जना उम्मेदवार विरुद्ध उजुरी, के खारेज हुन लागेको हो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ कार्तिक २०७९
बन्दसूचीमा नाम रहेका २८ जना उम्मेदवार विरुद्ध उजुरी, के खारेज हुन लागेको हो ?

काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिएका २८ जना उम्मेदवारहरु विरुद्ध उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवार गरी २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको हो । 

सरकारी लाभको पदमा बसेर बन्दसूचीमा नाम राखिएकाहरूको उम्मेदवारी खारेज गर्न उजुरीमा माग गरिएको छ । कारबाहीको माग राखि उजुरी दिएका उम्मेदवारहरुमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारदेखि कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीकी श्रीमतीसम्म रहेका छन् ।  

प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, जनता समाजवादी दल, नागरिक उत्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी दल, नेपाली जनता दल, नेसनलिस्ट पिपुल्स पार्टी, बहुजन पार्टी, जनमत पार्टीलगायतका दलहरूबाट सिफारिस भएका उम्मेदवारहरूविरुद्ध उजुरी परेको आयोगले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस