
एजेन्सी । स्पाइसजेट एअरलाइन्सले तिहारअघि आफ्नो कम्पनीका क्याप्टेनको तलब संरचना परिमार्जन गरी बढि उपहार दिएको छ । कम्पनीले ८० घण्टा उडान गर्ने कप्तानको मासिक तलब ५५ प्रतिशतले बढाएको छ ।
स्पाइसजेटका प्रवक्ताले भने, ‘८० घण्टा उडान गर्ने कप्तानको तलब ७ लाख रुपैयाँ भारुसम्म बढाइएको छ । स्पाइसजेटले पाइलटको तलब मासिक आधारमा बढाएको छ । अक्टोबर महिनाको लागि उनको तलबमा २२ प्रतिशतसम्म बढेको छ।
स्पाइसजेटले पाइलटको नयाँ तलब संरचना नोभेम्बर १, २०२२ देखि लागू हुने जनाएको छ। कप्तानले अब कोभिड–१९ अघिको तलबभन्दा बढी तलब पाउनेछन् । क्याप्टेनसँगै प्रशिक्षक र सिनियर फर्स्ट अफिसरको तलब पनि बढाइएको छ ।
केही समयअघि स्पाइसजेटका कर्मचारीले कम्पनीले तलबमा ढिलाइ गरेको गुनासो गरेका थिए । विमान चालक दलका कर्मचारीलगायत धेरै कर्मचारीले साउन महिनाको तलब नपाएको बताएका छन् । उनीहरूलाई आर्थिक वर्ष २०२१–२२ को फारम नम्बर–१६ पनि दिइएको थिएन।
स्पाइसजेटले कामदारहरूको गुनासोमा आफूहरूले आफ्ना पाइलटहरूको आधारभूत तलब निरन्तर वृद्धि गरिरहेको बताएको थियो। अगस्टको तुलनामा सेप्टेम्बरमा प्रशिक्षकको तलब १० प्रतिशत र कप्तान र प्रथम अधिकृतको तलब ८ प्रतिशतले बढेको छ । अक्टोबरमा पनि २२ प्रतिशतले तलब वृद्धि गरेको थियो ।
यति हुँदाहुँदै पनि स्पाइसजेटले आफ्ना ८० जना पाइलटलाई ३ महिनाको बिदामा पठाएको छ । स्पाइसजेटले आफ्ना पाइलटहरूलाई यी बिदाहरूमा कुनै पनि तलब तिरेको छैन। स्पाइसजेटले भनेको थियो, ‘कम्पनीको लागतलाई ध्यानमा राखेर अस्थायी अवधिको लागि यो निर्णय लिइएको हो।’
प्रतिक्रिया दिनुहोस