aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

हाम्रो पात्रो १३औं बर्षमा प्रवेश, ‘हाम्रो पे’ रिलिज गर्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ कार्तिक २०७९
हाम्रो पात्रो १३औं बर्षमा प्रवेश, ‘हाम्रो पे’ रिलिज गर्ने तयारी

काठमाडौं । हाम्रो पात्रो १२औं  बर्ष पुरा गरि १३औं बर्षमा प्रवेश गरेको छ । १२ वर्षको अवधिमा हाम्रो पात्रो नेपालको सर्वाधिक डाउनलोड भएको मोबाइल एप बनेको छ । सन् २०१० मा आइओएसमा रिलिज गरिएको पात्रो आज १३ औँ वर्षमा प्रवेश गरेको हो ।   

नेपाली युवाले नेपाली शब्दहरूलाई डिजिटल थलोमा ल्याउनलाई गरेको जमर्को आज तिथि मिति, समाचार, विदेशी विनिमय दर, तरकारीको भाउ देखिटेली हेल्थ, अनलाइन ज्योतिष अनि जन्म कुण्डली मिलान, रेमिटेन्ससम्मका अनेक सुविधा सम्पन्न मोबाइल सहयात्री बनिसकेको छ।  सन् २०१५ मा १० लाख भन्दा बढी डाउनलोड सीमा नाघेको हाम्रो पात्रोले त्यसै वर्षदेखि नेपालमा कार्यालय खोलेर आफ्नो उपस्थिति र प्रभावलाई झनै सशक्त बनाइरहेको छ । 

सन् २०१८ मा ५ मिलियन अर्थात् ५० लाख डाउनलोडको सीमा नाघ्दै हाम्रो पात्रोले ज्योतिष कल सेवा पनि सुरुवात गरेको छ । १२ औं बार्षिकउत्सव अवसरमा हाम्रो पात्रो इंक. का फाउन्डर सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गरे । 

उनले भने, ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ । म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको विश्वासको लागि आभार ब्यक्त गर्दछु। यी डाउनलोडका सख्याँहरु हाम्रा लागि विश्वास र सहयात्री हुन्। हामी थप जिम्मेवार र विश्वासिलो बन्ने प्रणका साथै अघि बढ्दै गयौँ र हाम्रो पात्रोको १२ औँ वर्ष सम्म यो यस यात्रामा हामी यहाँहरू सबै जनालाई हार्दिक साधुवाद र अझै सयौँ वर्ष सम्म डिजिटल र अर्थपूर्ण सहयात्रा गर्ने वाचा गर्न चाहन्छौँ ।’  

सन् २०१९ मा हाम्रो पात्रो मार्फतबाट मोबाइल रिचार्ज सेवा पनि प्रदान गर्न समेत गरिरहेको छ । सन् २०२० मा इ कमर्स पनि जोड्दै हाम्रो पात्रोले सन् २०२१ मा रेमिटेन्स र टेली हेल्थ सुविधा पनि थपेको छ । हाम्रो पात्रोले सन् २०२२ मा हाम्रो पे पनि थप्दै सेवा विस्तार गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस