काठमाडौं । निर्वाचन आयोगले रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधब नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । नेपालले आफूले चुनाव जिते फ्रि भिसामा विदेश पठाइने आश्वासन बाँड्नको भन्दै कारबाही गर्न निर्देशन दिएको हो ।
एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपाललाई निर्वाचन प्रभावित पार्ने सम्बन्धी कसुर सम्बन्धी मुद्दामा कारबाही गर्न आयोगले प्रहरीलाई निर्देशन दिएको हो । उनले रौतहटकै एक चुनावी चुनावी कार्यक्रममा आफूले चुनाव जिते फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन बाँडेका थिए ।
प्रतिक्रिया दिनुहोस