aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्लस टु सकेर आइटी पढ्ने सोच्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ कार्तिक २०७९

आइटी (सूचना प्रविधि) पढ्दा के हुन्छ ? नेपालमा यसको भविष्य कस्तो छ ? भर्खरै कक्षा  १२ उत्तीर्ण गरेका धेरै विद्यार्थीले सोध्ने प्रश्न हुन्, यी स्नातक तहमा आइटी पढ्दा राम्रो हुन्छ । यसको भविष्य छ ।  भन्ने बुझेकाको समेत मनमा अर्को उल्झन देखिन्छ, आइटीमा पढ्ने चाहिँ के त ? यसै विषयमा केन्द्रित रहेर आर्थिकन्युज डटकमले नेपालमा विगत ‘वर्षदेखि सूचना प्रविधिको अध्ययन/अध्यापन गराउँदै आएको अग्रणी शैक्षिक संस्था लर्ड बुद्ध एजुकेशनल फाउन्डेसन ग्रुपका अध्यक्ष पंकज जलानसँग जिज्ञासा राखेको छ । प्रस्तुत छ, आम विद्यार्थीलाई उनको सुझाव:

आइटीमा रोजगारी 

हाल विश्वमा रहेको रोजगारीमध्ये ७६ प्रतिशत रोजगारी सूचना प्रविधिको क्षेत्रसँग सम्बन्धित रहेर सिर्जना भएको छ । यो अमेरिकी सरकारले हालै गरेको अनुसन्धानको तथ्याङ्क हो । आज हामी कुनै पनि क्षेत्रमा सूचना प्रविधिको प्रयोग विना कुनै पनि काम गर्ने कुराको परिकल्पना समेत गर्न सक्दैनौँ । सबैको हातमा मोबाइल फोन छ । अनलाइन सपिङ गर्ने र पेमेन्ट गर्ने बानी परेको छ । यी सबै कुराहरूले गर्दा रोजगारीको आधारमा सूचना प्रविधिको ठूलो महत्त्व रहेको स्पष्ट हुन्छ ।

 सिप दक्षता र क्षमता छ भने कोही पनि भोकै मार्दैन । देश विदेश सबै ठाउँमा रोजगारी पाउन सकिन्छ । आफ्नो व्यवसाय गर्न सकिन्छ । अहिले कोरोना महामारीपछि त झन् धेरै अवसरहरू पनि आएका छन्  । व्यक्तिगत व्यवसायका लागि । तर, सूचना प्रविधिको बारेमा ज्ञान नलिईकन दक्षता हासिल गर्न सक्नुहुन्न ।

आइटीमा कुन कोर्स पढ्ने 

स्नातक तह भनेको हाम्रो व्यवसायीक जीवनको आधार हो । हामीले पढाईका लागि एसएलसीलाई आइरन गेट भने झैँ स्नातक तह जीवनका लागि यो जग (फाउन्डिंग रक) हो । स्नातक तह राम्रोसँग पढेर स्नातकोत्तरमा राम्रो गर्न सकिन्छ । त्यसपछि राम्रो जागिर पाउन सम्भव हुन्छ । राम्रो व्यवसाय सञ्चालन गर्नु सक्नुहुन्छ । तर, स्नातक तह राम्ररी पास गर्न सक्नुभएन भने जीवन नै बिग्रिन्छ । तसर्थ स्नातक पढ्ने बेलामा सिरियस भएर लाग्नु पर्ने हुन्छ । 

अहिले अनलाइनको जमाना छ । के पढ्ने भन्ने विषयमा इन्टरनेट मार्फत धेरै कुराको जानकारी लिन सकिन्छ । तथापि सबै जनाको लागि एउटै कुरा लागू हुँदैन । हरेक व्यक्तिको क्षमता फरक फरक हुन्छ । त्यही क्षमता अनुसार कार्यक्रमको छनौट गर्नुपर्ने हुन्छ । सूचना प्रविधिका  सबै क्षेत्रको उत्तिकै महत्त्व छ । 

हरेक मुलुकलाई दक्ष जनशक्तिको आवश्यकता रहन्छ । तर, यो क्षेत्र अरू क्षेत्र जस्तो छैन । डिग्री र कागजको खोस्टोले रोजगारी दिँदैन । यो प्रविधि हो । प्रविधिको ज्ञान  भनेको तपाईँसँग सिप र दक्षता दुवै हुनु हो ।

के पढ्ने भन्ने विषयमा फलानो कलेज र विश्वविद्यालयले फलानो कोर्स चलाएको छ भन्ने कुराको चर्चा धेरै हुन्छ । तर, त्यस भित्र के छ ? मैले त्यो पढेपछि के गर्न सक्छु ? उसले त्यो कोर्स कसरी पढाउँछ ? त्यसमा व्यवहारिक ज्ञानहरू के–के छन् ? सूचना प्रविधिसँग सम्बन्धित ज्ञानहरू के– के छन् ? भन्ने कुरा लामै चर्चा पछि पनि थाहा हुँदैन । मसँग यो क्षेत्रमा अध्ययन/अध्यापन गरे गराएको २५ वर्षको अनुभव छ । मेरा विद्यार्थीहरूले पनि फलानो विषय र कोर्स पढ्छु भन्ने गर्छन् । विषयवस्तुको बारेमा बुझेका छौँ भन्दा छन् भन्ने जवाफ आउँछ ।

लाइसेन्स बोक्दैमा ड्राइभर हुँदैन । गाडी चलाउनु पनि आउनुपर्छ । गाडी राम्रोसँग चलाउन आएन भने दुर्घटनामा परिन्छ । तसर्थ तपाईँले आफूलाई सूचना प्रविधिको क्षेत्रमा उभ्याउन र जग बसाउन चाहनुहुन्छ भने त्यो क्षेत्रमा काम लाग्ने व्यवहारिक कोर्स गर्नु पर्छ । कहाँ पढ्दा ठिक होला ? के पढ्दा ठिक होला ? त्यसमा विमर्श र मनन गर्नुपर्छ । भेडा बाख्रा जस्तो अरू गएको देखेर त्यही कलेज जाने र अरूले पढेको भन्दै कोर्सबारे नबुझी पढ्नु भयो भनेपछि गएर पछुताउनु पर्छ ।

के पढाइन्छ लर्ड बुद्ध एजुकेशनल फाउन्डेसन ग्रुपमा ?

नेपालमा आइटी पढाउने धेरै कलेजहरू छन् । विभिन्न किसिमको शिक्षाहरू ती कलेजले दिइरहेको छन् । विदेशका कलेजहरूले पनि नेपालमा आफ्नो कोर्स पढाई रहेका छन् । जसले यही राम्रो शिक्षा यी दिइरहेको छ, त्यसको बारेमा चर्चा गरौँ । जानकारी लिऊँ । त्यसपछि आफूलाई कहाँ जाँदा राम्रो हुन्छ ? के पढ्दा ठिक हुन्छ त्यो पढौँ । 

लर्ड बुद्ध फउण्डेसले तीन वटा कलेजले आइटी कार्यक्रम सञ्चालन गरिहरेको छ । लड बुद्ध एजुकेसन फाउन्डेसन मैतीदेवीमा सञ्चालनमा रहेको छ । जुन नेपालको पहिलो आइटी कलेज हो । जहाँ हामीले बीएस्सी आइटी, बीएस्सी क्लाउडिंग इङिनियरिङमा दुई वटा विषयमा आइटी कार्यक्रम सञ्चालन गरेका छौँ । यी कार्यक्रमहरू एसिया प्यासिफिक युनिभर्सिटी टेक्नोलोजी एण्ड इनोभेसन मलेसियासँगको आबद्धतामा चलाएका छौँ । यसका साथ साथै स्नातक तहको आइटीसँग सम्बन्धित ब्याचलर इन बिजनेस म्यानेजमेन्ट (इबीपी) पनि यहाँ अध्यापन हुन्छ । यो नेपालमा हामीले मात्रै चलाएको कार्यक्रम हो ।

त्यस्तै, हाम्रो अर्को क्याम्पस हो, पाटन क्याम्पसमा बिएससी साइन्स । जसमा कम्प्युटर साइन्स र बिबिए कार्यक्रम चलाएका छौँ । यो युनिभर्सिटी अफ बेडफोर्डसायर बेलायतको सहकार्यमा सञ्चालन गरेका छौ । यी दुई वटै कार्यक्रमलाई शिक्षा मन्त्रालयले स्वीकृति दिएको छ । र, त्रिभुवन  विश्वविद्यालयले समकक्षता (भ्यालेन्टाइन) प्रदान गरेको छ । यस वर्षदेखि काठमाडौं विश्वविद्यालयको सहकार्यमा जनकपुरमा बीटेक एट आइटी कार्यक्रम सञ्चालन गरेका छौँ ।  यो चार वर्षको कार्यक्रम हो ।  यसमा हामीले आइटीका साथै बिजनेस टेक्नोलोजीका बारेमा पनि कुरा गर्ने गरेका छौँ ।

के हो खास विशेषता 

बीएस्सी आइटीको कमन कोर कार्यक्रम हो । जसले सूचना प्रविधिको क्षेत्रको ज्ञान दिन्छ । आइटी पढ्दा खेरी कस्तो कस्तो प्रणालीमा सिक्ने र पढाउने कुराहरूमा केन्द्रित हुनपर्छ । हाम्रो कलेजले आइटी र म्यानेजमेन्ट बाहेक कुनै कार्यक्रम सञ्चालन गरेको छैन । हामीले सहकार्य गरेको विश्वविद्यालय मलेसियामा समेत फाइभ स्टार राङकिङ एउटा मात्र विश्व विद्यालय हो । यो विश्व विद्यालयलाई अवार्ड विनिंग विश्व विद्यालय पनि भनिन्छ त्यहाँ । मलेसियामा विद्यार्थीहरूको माझमा हुने र प्रोफेसरको माझमा बाँडिने अधिकतम अवार्डहरू यो विश्व विद्यालयले पाउँछ । उनीहरूको पाठ्यक्रम पनि अपडेटेड हुन्छ । यहाँ पठाउने तरिका पनि इन्डस्ट्री फोकस हुन्छ । आउटकम वेश लर्निङ हुन्छ ।

तपाईँले विद्यार्थीलाई के सिकाउने त्यो कुरा पहिले नै निश्चित गरेर पाठ्यक्रम र विषयवस्तु तयार गरेको हुन्छ । यहाँ पढ्ने विद्यार्थीहरुरुले लेटेस्ट प्रणालीमा पढ्न पाउँछन् ।  १८ वटा त  प्रणाली नै छन् जुन हामी सिकाउँछौँ । यसका साथै डेलिभरीको सिस्टम पनि इनोभटिभ तरिकाले डिजाइन गरेका छौँ ।

मूल्यांङन पनि निरन्तर रूपमा हुन्छ । स्थानीय युनिभर्सिटीको जस्तो ७५ प्रतिशत युनिभर्सिटी परीक्षा २५ प्रतिशत सैद्धान्तिक जस्तो हुँदैन । प्राक्टिस जाँच पनि परम्परागत तरिकाले हुँदैन । अरू कलेजको जस्तो हुँदैन । यहाँ जाँचको बेलामा पढाई हुँदैन । हामीले तपाईँलाई यहाँ सिक्ने गरी पडाउँछौँ । यसका साथै ११   वटा अनलाइन लाइबेरीको सुविधा दिएका छौँ । । नेपालमा यो मात्र कलेज हो जसले ११ वटा अनलाइन लाइेबेरीको सुविधा उपलब्ध गराएको छ । तपाईँले घरबाट १५ देखि २० लाख जर्नल र किताबहरू हेर्न पाउनुहुन्छ । त्यसमा पहुँच हुन्छ ।  

अत्याधुनिक ज्ञान 

अहिलेको जमाना ज्ञानको जमाना हो । किताबको पढाईले मात्र पुग्दैन । विद्यार्थीलाई दुनियाँमा के भइरहेको छ त्यही अनुसारको नयाँ इनोभेसन गर्न सक्ने बनाउने कुरामा हामीले ध्यान  दिएका छौँ । यो अनर्स कार्यक्रम हो । यसमा ६ सेमेस्टरमा गएर थेसिस जम्मा गर्नुपर्ने हुन्छ । पाँचौँ सेमेस्टरमा सबैलाई इन्टर्नसिपका लागि पडाउँछौँ ।  त्यसको व्यवस्था कलेजले आफै गरेको छ । 

हामी कहाँ विभिन्न कम्पनीहरू आउँछन् र विद्यार्थीहरूलाई छानेर जागिर दिनका लागि लैजान्छन् । यसले तपाई रियल टाइम कम्पनीमा काम गर्न पाउनुहुन्छ । हाम्रोमा पढेका ८० प्रतिशत विद्यार्थीहरू यसरी नै जब प्लेसमेन्टमा गइरहेका छन् । त्यस बाहेक धेरैले आफैले कम्पनी खोल्ने गरेका छन् । हालसम्म यो कलेजबाट १३ हजारभन्दा धेरै विद्यार्थीहरू पास आउट भएकोमा एक जना पनि काम विहीन भएर बस्नु परेको छैन । हामी यस्तो सिप दिएर पठाउँछौ की मार्केटले तुरुन्तै लिन्छ । तपाईँले कसैलाई पनि जागिर खोज्दै भनिरहनु पर्दैन । 

त्यसैले तीन वर्ष सिकेर पढ्ने की डिग्री लिएर पछुताउने आफैले विचार गर्नुपर्छ । आफ्नो जीवनको बारेमा आफैले सोच्नुपर्छ । हाम्रो सबै प्याटर्नहरु तीन वर्षे कार्यक्रम छन् । नेपालमा धेरै विश्व विद्यालयहरूले ४ वर्षे कार्यक्रम चलाएको छ । नेपालभन्दा बाहिर युएस, फिलिपिन्स, बेलायत, भारत, युरोप, चीन, अस्ट्रेलिया लगायतका सबै देशहरूमा तीन वर्षमा स्नातक भइरहेको छ । त्रिभुवन विश्वविद्यालयले पनि तीन वर्षे कार्यक्रमलाई मान्यता दिएको छ । हामीले तीन वर्षको कार्यक्रम सञ्चालन गर्न पाउँछौँ भने चार वर्षको किन गर्ने ? युवा विद्यार्थीको एक वर्ष समय थप खर्च किन गराउने ? 

बीबीएम इ–बिजनेस: मार्केटले खोजेको कोर्स 

मैले तीन वर्षमा के के करा सिक्न पाइरहेको छु भन्ने कुरा ख्याल गर्नुपर्छ । पढाई डिग्री लिनका लागि मात्र होइन । सिप विकासका लागि पढ्ने हो । ती कुरालाई अनुभव गरेर पढ्ने हो भने राम्रो हुन्छ । यसमा हामीले आइटी र व्यवस्थापन प्रणाली लगायतका कुराहरूलाई बढी केन्द्रित गरेका छौँ । तपाईँलाई बजारमा गएर काम गर्नका लागि गाह्रो नहोस् र बजारमा सजिलै आफूलाई स्थापित गर्न सकियोस् भन्ने दृष्टिकोणले हामीले सुरुवात गरेका छौँ । बीबीएम इ विजनेस कार्यक्रम पनि हामीले सुरुवात गरेका छौँ ।

अहिले जति पनि फिनटेक कम्पनी र अनलाइन कम्पनीहरू छ तिनीहरूले इ बिजनेस गरेको मान्छे नै खोजिरहेका छ । यो प्रणाली अरू कसैले नेपालमा चलाएको छैन । यसमा हामीले खल्तीसँग सहकार्य गरेर दुई वर्षको पहिले रिटर्सनका व्यवस्था गरेका छौँ । यो जब ग्यारेन्टी जस्तै हो । तपाई तेस्रो वर्ष सकेपछि अर्को एक वर्ष खल्तीमा नै काम गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईँले त्यही काम गर्ने सम्भावना ९० हुन्छ । अन्य ठाउँमा पनि राम्रो अवसर पाउनु भयो भने दुई वर्षको काम गरेको अनुभव हुनेछ  । यसले जब मार्केटलाई फराकिलो पारिदिन्छ ।

क्लाउड  इन्जिनियरिङ: विश्वव्यापी कामको अवसर 

अर्को हामीले चलेको नयाँ कोर्स हो, बीएस्सी क्लाउड  इन्जिनियरिङ । आउने समयमा क्लाउड इन्जिनियरिङ गरेको जनशक्तिको ठूलो आवश्यकता रहने देखिन्छ । त्यसैलाई दृष्टिगत गरेर यो कार्यक्रम पनि चलाएका छौँ । गुगलले पनि क्लाउडमा ठूलो काम गरिरहेको छ । क्लाउड इन्जिनियरिङ भनेको अनलाइन कामगर्नका लागि जुन स्पेस चाहिन्छ त्यो तयार गर्ने हो । अहिले अनलाइनको जमाना भइसक्यो । त्यसका लागि चाहिने  स्पेसलाई नै क्लाउड भन्छौ । यो उपलब्ध गराउने काम पनि ठूलै कम्पनीले गर्छन् । अमेजन गुगलको काम पनि क्लाउड उपलब्ध गराउने नै हो । तिनीहरू पनि नेपालमा यो काम जान्ने जनशक्ति नै खोजिरहेका छन् । हरेक देशमा मान्छे राखेर काम गरिरहेका छन् । यसमा हाम्रा विद्यार्थीहरूलाई अनलाइन भर्चुअल माध्यमबाट सिक्न पाउने र अमेजनको माध्यमबाट इन्टर्नसिप गर्न पाउने अवसर पनि रहेको छ ।

सफ्टवेयर इन्जिनियरका पाटन कलेज 

यस्तै हाम्रो पाटन कलेज फर पब्लिक स्टडिज कुपन्डोलमा बीएस्सी कम्प्युटर साइन्समा सफ्टवेयर इन्जिनियरिङको पढाई हुन्छ । यो युनिभर्सिटी अफ युके लन्डनसँग अनुबन्धित रहेर सञ्चालनमा छ । यो कार्यक्रम पूर्ण रूपमा सफ्टवेयर इन्जिनियर बनाउनका लागि बढी केन्द्रित गरिएको छ । यसमा हामीले गहिराइमा डाटा, सफ्टवेयर टेस्टिङलाई केन्द्रित गरेका छौँ । समग्रमा सफ्टवेयर इन्जिनियर बन्नका लागि साँच्चै यो कोर्स एकदम उपयुक्त रहेको छ । कोही सफ्टवेयर  इन्जिनियर तिर जान चाहनुहुन्छ भने त्यतातिर पनि जोडिन सक्नुहुन्छ ।

सम्पूर्ण काम युनिभर्सिटीको वेबसाइटबाट सञ्चालन गरेका हुन्छौ । विद्यार्थीहरूलाई आधुनिक वातावरणमा पडाउँछौँ । एउटै बिल्डिङमा सबै पूर्वाधारहरूको सुविधा दिएका छौँ । खेलकुददेखि क्यान्टिन, लाइब्रेरी सबैको सुविधा छ । कम्पाउन्डभित्र छिरेपछि बाहिर निस्कनु पर्दैन । जनकपुरको जानकी कलेजमा पनि यो कार्यक्रम छ । काठमाडौं युनिभर्सिटीको पार्टनरसिपमा हामीले  कार्यक्रम चलाएका छौँ । बीटेकइन आइटी कार्यक्रमको मुख्य उद्देश्य आइटी म्यानपावर उत्पादन गर्ने हो । यसका साथ साथै अहिले टेक्निकल एजुकेसनमा  शिक्षकको पनि ठूलो खाँचो छ ।

विशेष गरी दुर्गम क्षेत्रमा काठमाडौंभन्दा बाहिर बढी यसको आवश्यकता रहेको छ । मधेस प्रदेशमा पहिलो पटक काठमाडौं युनिभर्सिटीले यो कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम शुरु गरेको पनि चार वर्ष पुरा भइसकेको छ । विद्यार्थीले सूचना प्रविधिको क्षेत्रमा ज्ञान त पाउँछन् नै साथै अनलाइन शिक्षा कसरी पढाउँछन् ? कसरी पढाउन सकिन्छ ? आइटीलाई शिक्षामा कसरी प्रयोग गर्न सकिन्छ ? आइटीलाई टोल टोलमा कसरी पुर्याउन सकिन्छ ? भन्ने बारेमा यसले समग्र ज्ञान दिन्छ ।

यही हो सोच्ने बेला 

यसरी हामीले अहिले जुन तरिकाले कार्यक्रम डिजाइन गरेका छौँ । त्यो विद्यार्थीको भविष्य उज्वल गर्नका लागि हो । विद्यार्थीहरूले अहिले ती कुराहरूमा ध्यान दिँदैनन् । हेलचेक्राई गर्छन् । स्नातक तह भनेको मुख्य समय हो ।  यो बेलामा हामीले राम्ररी सोच्न सक्यौ भने भविष्य उज्वल बन्छ । जीवनमा कुनै किसिमको पछुतो हुँदैन । १८/२० वर्षको उमेरमा १२ कक्षा पास गरेको हुन्छ । अहिले डुल्ने बेला हो भन्ने धेरैलाई लाग्छ ।

अहिले मेहनत गर्ने बेला हो । तपस्या गर्ने बेला हो । अहिले गरेको मेहनतको फल जीवनभरका लागि हुन्छौ । स्नातक तह गर्ने बेलामा तपाई कुन क्षेत्रमा जान चाहनुहुन्छ । पहिले बुझ्नुहोस् । त्यसपछि कहाँ गएर पढ्ने निर्णय गर्नुहोस् कसैले केही भनिदियो भन्दैमा त्यतै लाग्ने होइन । आफुले पढ्न लागेको कलेज कस्तो छ ? कसरी पढाउँछ ? त्यहाँको वातावरण कस्तो छ ? कस्ता शिक्षकहरूले पठाउँछन् ? पढाउने शैली के छ ? त्यो सबैलाई समग्रमा हेर्नुहोस् । त्यहाँ गइसकेपछि के फाइदा हुन्छ ? बुझ्नुहोस् । 

अहिले हामीले के गरेका छौँ भने, हाम्रो विद्यार्थीहरू धेरै बाहिर जान चाहन्छन् । हामीलाई स्नातक तहका लागि बाहिर जान आवश्यक छैन । बाहिर गएर काम पनि गर्न सकिन्छ पढाई पनि हुन्छ  भन्ने लाग्छ । तर, तपाईँले बाहिर जानका लागि गरेको लगानी कति छ र तपाई काम गरेर कति पैसा कमाउनुहुन्छ । त्यसलाई हिसाब गरेर हेर्नुहोस् । अर्को कुरा बाहिर धेरै काम हुँदैन । बाहिर जानु नै छ भने स्नातक सकेर जानुहोस् । 

तपाईँले राम्रो काम पाउनुहुन्छ । लाइफ पनि सेटल हुन्छ । युवा जनशक्ति अहिले धेरै बाहिर छ । थाहा नपाएर हो कि नबुझेर हो बाहिर गएर पढ्न र कमाउन सकिन्छ भन्ने छ । तपाईँले ३० देखि ४० लाख लगानी गरेर बाहिर जानुहुन्छ ।  तर, जागिर कतिको पाउनुहुन्छ ? 

अस्ट्रेलियाको पढाई, भिसामा सहजता 

बाहिर जानलाई र त्यहाँ काम गर्नलाई सक्षम बनाएर मात्र विद्यार्थीलाई हामी पठाउन चाहन्छौँ । यसैलाई दृष्टिगत गरेर पनि लर्ड बुद्धले अस्ट्रेलियाको युनिभर्सिटीसँग सहकार्य गरेर त्यहीँको कोर्स पढाई रहेको छ । हामी कहाँ बीएससी आइटी आउनुहोस् । प्रथम वर्षमा भर्ना गर्ने विद्यार्थीले दोस्रो वर्षका लागि कन्डिसनल भिसा पाउँछ । 

यहाँ प्रथम वर्ष पढेपछि दोस्रो वर्ष त्यहाँ गएर पढ्न पाउँछ । प्रथम वर्षको पैसाले नेपालमै पढ्न पायो । कुनै कारणले भिसा पाएन भने यही पनि निरन्तर रूपमा पढ्न सक्यौँ । प्रथम वर्ष सकेको आधारमा उसले त्यहाँ जबका लागि पनि अवसर पाउँछ । हामी सकेसम्म बाहिर नजाऊ भन्छौँ । तर, बाहिर जान इच्छुक हुनुहुन्छ भने पनि उहाँहरूको लागि  कलेजले बैङ्क ट्रान्सफरको गरिदिन्छ । यहाँ प्रथम वर्ष सकेपछि थप पेपर पनि लिनुपर्दैन । दोस्रो वर्षको अफर लेटर आइसकेको हुन्छ । तपाईँले यसको सबै तयार गरेर जान सक्नुहुन्छ ।

समग्रमा तपाईँहरूले यी कुराहरूलाई दृष्टिगत गरेर सोचेर अगाडि बढ्नु भयो भने जीवनको मेन गोरेटो बन्छ । यो बेलामा तपाईहरू सिरियस भएर पढ्नु पर्यो । स्नातक पढ्नका लागि तपाईँले कहाँ पढ्ने, के पढ्ने, कुरा सबैलाई एक पटक हेरेर, बुझेर त्यसपछि मात्र स्नातक तहको पढाइलाई आरम्भ गर्नु सही हुन्छ ।    

 

प्रतिक्रिया दिनुहोस