aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

दिपावलीमा झिलिमिली बत्ती बाल्दा ध्यान दिनु पर्ने कुराहरुमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०५ कार्तिक २०७९
दिपावलीमा झिलिमिली बत्ती बाल्दा ध्यान दिनु पर्ने कुराहरुमा

काठमाडौं । अन्धकारमाथि विजयको आनन्द दिन उज्यालोको पर्व दिपावली हाम्रो घरदैलोमा आइपुगेको छ । आफनो घरलाई सफा, सुन्दर, आकर्षक र चिट्टिक्क पारेर उज्याला बत्तीहरु बाल्दै हुनुहन्छ होला । हिन्दु धर्ममा उज्यालो बेग्लै महत्व रहेको छ यसले शुद्धता, भलाई, शक्ति र सौभाग्यलाई जनाउने गर्दछ ।

तिहारमा घरै झिलिमिली हुने गरी दियो बाल्नुको पनि अर्थ छ । यसको धार्मिक तथा सांस्कृतिक महत्व छ । दीपावली तेत्रायुगमा सुरु भएको विभिन्न पुस्तकमा उल्लेख गरिएको छ । दीप र आवली शब्द मिलेर बनेको दिपावलीमा दिप भनेको बत्ती हो । त्यस्तै आवली भनेको पंक्तिवद्ध हो र, जब दीप र आवली एक आपमिल्छन्, तब दीपावली बन्छ ।चारैतिर अन्धकार छाएको बेला,अन्धकारबाट छुटकारा पाउनका लागि दिपावली मनाइन्छ ।
उज्यालो नहुँदा दुष्ट आत्मा र शक्ति सक्रिय हुने जनविश्वास छ । त्यसैले यी दुष्ट शक्तिहरूलाई कमजोर बनाउन घरको हरेक कुनामा दीप प्रज्वलन गरिन्छ । अन्धकारबाट छुटकारा पाउनका लागि मानिसहरु दियो, मौनबत्ती, आकर्षक विद्युतीय बत्ती प्रयोग गर्ने गर्दछन । 

एक समय थियो मान्छेहरु जब दुना वा पालामा दीप प्रज्वलन गरेर तिहार पर्व मनाउने गर्थे । अहिले  आधुनिकताको नाममा अर्बौ रुपया खर्चेर विद्युतीय झिलिमिली बत्ती बाल्ने गर्दछन । आफुलाई सरल लाग्ने गरी जुनसुकै खालको बत्ती बाले तापनि सावधानी अपनाउन भने अत्यन्त जरुरी हुने गर्दछ । अन्यथा हर्ष, उल्लास क्षण भरमै रोदनपुर्ण हुन सक्छ । 

तिहारमा बत्ती बाल्दा निम्न कुरामा ध्यान दिनु पर्दछ 
ज्ञ।तिहारमा दियो बत्ती,मौनबत्ती बाल्दा हावा नलाग्ने, सफा, खुला र घरका कुनामा बाल्नुपर्छ  । दियो बत्तीको वरिपरि छिटो आगो समात्ने प्रज्वलनशील पदार्थ जस्तै मट्टितेल, पेट्रोलियम पदार्थ आदि राख्नु । द्द।झिलिमिली बत्ती प्रयोग गर्दा राम्रो गुणस्तरीय खालको बत्ती मात्र प्रयोग गर्ने अन्यथा सर्ट सर्किट भएर घरमा आगो लाग्न सक्छ ।

बत्ती जडान गर्दा सधै मेन स्वीच बन्द गरेर मात्र गर्ने, यसो नगरेको खण्डमा करेन्ट लाग्ने सम्भावना प्रबल हुन्छ । झिलिमिली बत्ती जडान गर्दा दक्ष व्यक्तिबाट जडान गराउने । अग्ला भवन,अपार्टमेन्ट, टावरमा बत्ती जडान गर्दा सिडी, सु्रक्षा बेल्ट र हेल्मेट आदि प्रयोग गरेर मात्र गर्ने ।

बच्चाहरु उज्यालोका सौखिन हुन्छन अझ झन झिलिमिली बत्ती हुदा त उनीहरु दिउसै पनि बत्ती बाल्ने हेर्ने, आफना उमेरका साथीहरुलाई मेरो घरमा यस्तो लाइट छ भने् देखाउने गर्दछन । यस कारण कहि कतै पनि नाङ्गो तार नछोडने र स्वीच बक्स बच्चाहरुले नभेट्ने ठाउमा राख्ने । 

निरन्तर रुपमा लामो समयसम्म बत्ती बाली राख्नाले सर्ट सर्किटको समस्या हुन सक्छ त्यसैले बत्ती आवश्यकता बमोजिम प्रयोग गर्ने, राम्रोसँग चेकजाँच गरेर मात्र झिलिमिली बत्ती प्रयोग गर्ने,सम्भव भए वाटरप्रुफ झिलिमिली बत्ती को प्रयोग गर्ने । 

तिहारमा दियोको महत्व
दियोलाई स्कन्द पुराणमा सूर्यको हिस्साको प्रतिनिधित्व गर्ने मानिएको जसलाई जीवनका लागि प्रकाश र उर्जाका लौकिक दाता हो । अँध्यारोलाई असत्य र उज्यालोलाई सत्यको प्रतिक पनि मानिन्छ । सत्यले असत्यमाथि विजय प्राप्त गर्छ भन्ने पनि जनाउँछ । 

विद्युतिय दियोले प्राकृतिक दियोको रौनक ल्याउँदैन । माटोको दियोमा तेल वा वनस्पति घिउ राखेर जलाइने दियोले तिहारको रौनक ल्याउँछ । र यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । हामी धन–ऐश्वर्य प्राप्त गर्ने इच्छा राख्छौं, त्यसका लागि घर उज्यालो र आकर्षक हुनुपर्छ जसबाट लक्ष्मी आकर्षित हुन्छिन भन्ने मान्यता छ । 

धार्मिक कथन अनुसार त्रेत्रायुगमा जब भगवान श्री राम, लक्ष्मण तथा सीताले चौध वर्षको वनबास पूरा गरी आफ्नो घर फर्किएका थिए, तब कार्तिक महिनाको कृष्ण पक्षको औसी थियो । अयोध्यावासीले उनीहरुको आगमनको खुशीमा प्रत्येक पाइलामा पंक्तिवद्ध रुपमा दियो बालेका थिए । त्यही समयदेखि पंक्तिवद्ध रुपमा दियो बालेर दिपावली मनाउन थालिएको विश्वास छ । 

प्रतिक्रिया दिनुहोस