काठमाडौं । यसुदा ब्राण्डले स्थापनाको १५ औ वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले १५ जना विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरेको छ । उक्त ब्रान्ड विगत लामो समयदेखी नेपालको नं. १ होम एप्लाइन्सेस ब्रान्ड बन्न सफल भएको छ ।
यस ब्रान्डले विगत १५ बर्ष देखी घरायसी जिवन सहज बनाउने ४० भन्दा बढी क्याटागोरीका हजारौ उत्पादनहरु बिक्री वितरण गदै आएको छ ।ब्रान्डको स्थापना देखी यसुदा क्यालकुलेटर ,इमरजेन्सी लाइट, राइसकुकर जस्ता उत्पादनहरु आम नेपालीको मन मस्तिस्कमा रहिरहेको छ ।
यसुदा ब्रान्डको वासिङ्ग मेसिन, टेलिभिजन, एसी फ्रिज, माइक्रो ओभन ,इन्डक्सन जस्ता उत्पादनलाई पनि उपभोक्ताहरुले अत्यधिक माया र बिश्वास गरेकोले नै यसुदा नेपालको नं. १ होम एप्लाइन्सेस ब्रान्ड बन्न सफल भएको हो ।
यसुदा ब्राण्डका हरेक उत्पादनहरु गुणस्तरलाई ध्यानमा राखेर गरिने भएकोे र नविनतम प्रविधि मार्फत आफ्ना उत्पादन लाई समय र उपभोक्ताको आवश्यकता अनुसार निरन्तर अपडेट गर्दै अएकोले पनि थ्ब्क्ग्म्ब् हरेक नेपालीको मन मस्तिष्कमा रहन सफल ब्रान्ड भएको छ ।
प्रतिक्रिया दिनुहोस