aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ कार्तिक २०७९
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

काठमाडौं । काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका ७ कुवाटोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा काभ्रे पाँचखाल नगरपालिका(१ घर भएका ३७ वर्षीय सुरज तामाङ्ग समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १ हजार ९ सय रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका १६ सानोगढीस्थित मीत बा खाजा घर एण्ड कटेजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय कृष्ण बहादुर खत्री समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले नगद १ लाख ३९ हजार ९ सय ९० रुपैयाँ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

त्यसैगरी, टिकापुर नगरपालिका ८ बनगाउँस्थित जितु कटेजमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका(८ बटनपुर बस्ने ३९ वर्षीय महेन्द्र साउँद समेत १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २९ हजार ४ सय रुपैयाँ र २ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ ।

प्रतिक्रिया दिनुहोस