aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

व्यावसायीको हकहितको लागि काम गर्न नसकेको भन्दै आनमा विद्रोह, जन्मियो नयाँ संस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ कार्तिक २०७९
व्यावसायीको हकहितको लागि काम गर्न नसकेको भन्दै आनमा विद्रोह, जन्मियो नयाँ संस्था

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष सोम धितालले संस्थालाई आफ्ना व्यापार प्रवर्द्धन गर्ने भर्याङ मात्र बनाएको भन्दै विज्ञापन एजेन्सीहरूको अर्को छाता संगठन दर्ता भएको बताए । शुक्रबार पत्रकार सम्मेलन गर्दै व्यावसायीको हकहितको लागि काम गर्न नसकेको भन्दै नयाँ संस्था दर्ता गराएको अध्यक्ष धितालले जानकारी दिए । साथै उनले मिडिया हबले सिन्डिकेट चलाएर उपभोक्ता माथि लुट मच्चाउन लागेको समेत बताए ।

उनले भने, ‘गोरखापत्र संस्थानले १५ प्रतिशत एजेन्सी छुटमा बिल उपलब्ध नगराउने भन्दा पनि संस्थाले आवाज उठाउन सकेन । व्यावसायीको हकहितको लागि काम गर्न नसकेको र नेतृत्व स्वार्थ केन्द्रीत भएकाले व्यवसायीको हकहितका लागि अर्को संस्था दर्ता गरेका हौं ।’ 

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा असोज २८ गते दर्ता भएको राष्ट्रिय विज्ञापन संघ नेपाल अब आनको विकल्पमा विज्ञापन व्यवसायीहरूको साझा संस्थाका रूपमा आएको छ । नवगठित राष्ट्रिय विज्ञापन संघ नेपालको अध्यक्षमा धमेन्द्रकाजी श्रेष्ठ छन् भने प्रथम उपाध्यक्ष प्रदीप कोइराला, द्वितीय अध्यक्ष अमृत पन्थी र महासचिव आशिष खड्का छन् । त्यस्तै सचिवमा विमल खड्का, कोषाध्यक्ष कमला पौडेल र सह कोषाध्यक्षमा वसन्त योगी रहेका छन् ।

तदर्थ समितिको सदस्यमा रवि अर्याल, इन्द्रमणी न्यौपाने, राम बज्राचार्य र गुन्जमणी भट्टराई रहेका छन् । आनले विज्ञापन व्यवसायीहरूको हितमा काम गर्न नसकेको र नेतृत्व स्वार्थ केन्द्रित भएकाले व्यवसायीको हकहितका लागि अर्को संस्था दर्ता गरिएको अध्यक्ष श्रेष्ठले बताए 

प्रतिक्रिया दिनुहोस