aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

अनलाइनलाई कारबाही गर्न काउन्सिललाई आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ कार्तिक २०७९
अनलाइनलाई कारबाही गर्न काउन्सिललाई आग्रह

काठमाडौं । निर्वाचन आयोगले पौरखी नेपाल तथा मेरो नेपाल नामक फेसबुक पेजबाट व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गरिएको र सुन्दरी युवती भन्दै भ्रामक श्रव्यदृष्य सामग्री सम्प्रेषण गरिएको विषयमा आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई पत्र पठाएको छ ।

रञ्जिता सिलवाल (चितवन)ले आफ्नो चरित्र हत्या भएको भनी दिएको उजुरीका आधारमा आयोगले काउन्सिललाई सो आग्रह गरेको छ । उक्त विषयमा निवेदकका बारेमा मेचीकाली खबर नामक अनलाइनबाट सामग्री प्रकाशन भएको भन्ने जानकारी आएकाले उक्त प्रकाशित सामग्री तत्काल हटाइ सम्बद्ध अनलाइनलाई आवश्यक कारबाही गर्न काउन्सिललाई आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस