aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

मुकेश अम्बानी दुबईमा सबैभन्दा महगो भवन किन्ने व्यक्तिमा परे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ कार्तिक २०७९
मुकेश अम्बानी दुबईमा सबैभन्दा महगो भवन किन्ने व्यक्तिमा परे

एजेन्सी । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले दुबईमा महगो भवन (नयाँ सम्पत्ति) किनेका छन् । रिपोर्टका अनुसार मुकेशले दुबईको पाम जुमेराहमा समुद्र किनारको अर्को भवनको लगभग १६३ मिलियन डलरमा किनेका छन्। यो शहरमा हालसम्मकै सबैभन्दा ठूलो आवासीय सम्पत्ति सम्झौता भएको यस सम्झौतासँग सम्बन्धित व्यक्तिहरू बताउँछन्।

यो सम्पत्ति किनेर मुकेश अम्बानीले आफ्नै कीर्तिमान पनि तोडेका छन् । वास्तवमा, यस वर्षको सुरुमा, मुकेशले आफ्नो कान्छो छोरा अनन्त अम्बानीको लागि पाम जुमेराहमा लगभग ८० मिलियनमा समुद्र तट किनार भिल्ला किनेका थिए। योसँगै उनी दुबईको सबैभन्दा महँगो घर किन्न सक्ने व्यक्ति बनेका छन् । अब भवन किनेपछि यो कीर्तिमान उनको नाममा मात्रै रहने भएको छ ।

ब्लूमबर्ग रिपोर्टका अनुसार मुकेश अम्बानीले गत हप्ता कुवेतमा आधारित व्यापार व्यवसायी मोहम्मद अलशायाको परिवारबाट पाम जुमेराहमा यो नयाँ समुद्र तट–साइड भवन किनेका थिए। यो जानकारी दुबई भूमि विभागबाट प्राप्त भएको हो। यद्यपि यस सम्झौताको बारेमा रिलायन्स र अलशायको तर्फबाट अहिलेसम्म कुनै आधिकारीक धारण भने बाहिर आएको छैन।

हाल, करिब ९ मिलियन जनसंख्या भएको युएईमा ८० प्रतिशतभन्दा बढी विदेशी नागरिकहरू बस्छन्। निजी क्षेत्रमा काम गर्दै, यी व्यक्तिहरू यूएई सम्पत्ति र किनमेलमा लगानी गर्छन्। यी व्यक्तिहरूले देशको अर्थतन्त्रलाई उकास्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। दुबईमा सम्पत्ति किन्ने कुरामा भारतीयहरू सधैं शीर्षमा छन्। नाइट फ्र्याङ्कको ग्लोबल इन्डेक्सका अनुसार सेप्टेम्बरको अन्त्यमा दुबईमा सम्पत्तिको मूल्य ७० प्रतिशतसम्म बढेको छ।

फोर्ब्सको रियल टाइम अर्बपतिहरूको सूची अनुसार ६५ वर्षीय मुकेश अम्बानी ८८.५ बिलियनको कुल सम्पत्ति संग संसारको ८ औं धनी व्यक्ति हुन्। उनको सम्पत्तिका तीन उत्तराधिकारीहरू छन् । आकाश, अनन्त र ईशा अम्बानी। उनीहरु बिस्तारै आफ्नो साम्राज्यको लगाम सन्तानलाई सुम्पिरहेका छन् ।

अम्बानी परिवारले विदेशमा आफ्नो घर जग्गा विस्तार गरिरहेको छ। गत वर्ष, रिलायन्सले बेलायतको स्टोक पार्क लिमिटेडबाट जर्जियन एरा म्यानसन किनेको थियो। यो हवेली मुकेश अम्बानीका जेठा छोरा आकाशका लागि ७९ मिलियन डलरमा खरिद गरिएको थियो। 

प्रतिक्रिया दिनुहोस