aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

तिहारका लागि तीन जिल्लाका जिल्ला प्रमुखहरुले जारी गरे कडा निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ कार्तिक २०७९
तिहारका लागि तीन जिल्लाका जिल्ला प्रमुखहरुले जारी गरे कडा निर्देशन

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले उपत्यकाभित्र राती ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरेको छ ।  शुक्रवार बसेको तीन जिल्लाका प्रमुख जिल्ला प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको हो ।  

त्यस्तै, उपत्यकामा पटाका, आतिसबाजी गर्न र पटाका समेत निषेध गरेको छ ।  बन्देज गरिएका र निषेध गरिएका काम गरेमा कडा कारबाही गरिने निर्णय जनाएको छ । ​स्थानीय प्रशासनले दियो र मैनबत्ती बाल्दा सचेतना अपनाउन आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस