
मकवानपुर । २०७४ मा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनपछि बनेको प्रदेश सरकारले जनअपेक्षा पुरा नगरेको भन्दै टिप्पणी भैरहेको बेला आगामी कार्यकालमा प्रदेशको मुख्यमन्त्री बन्ने दौड सुरु भएको । आसन्न प्रदेश सभा सदस्य निर्वाचनबाट चिर्वाचित भई प्रदेशको मुख्यमन्त्री बन्ने अभिलाष सहित हाल ६ जना उम्मेदवाहरु मैदानमा छन् ।
प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दर्तासँगै बागमती प्रदेशमा भावी मुख्यमन्त्री को बन्ला भन्ने अड्कलबाजी एकातिर छ भने उम्मेदवार मध्ये केहीले खुलेरै आफ्नो मनोकाक्षा सार्वजनिक गरेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार गगन थापाले आफू नेपालको भावि प्रधानमन्त्री हुने भन्दै मैदानमा आएपछि बागमती प्रदेश सभा सदस्यमा उम्मेदवार भएकाहरुले पनि आफ्नो आकाक्षा बताउन थालेका हुन ।
प्रदेश सरकारको नेतृत्वमा सत्तारुढ गठबन्धनको तीन वटा दलसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरू पनि प्रदेश सरकारको आगामी मुख्यमन्त्री बन्ने दाउसहित चुनावी मैदानमा होमिएका छन्। बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा ६ नेता देखिएका छन् ।
नेपाली कांग्रेस, नेकपा समावादी र नेकपा एमालेबाट मात्रै २÷२ जान आकाक्षि रहेको छन् । हालको कार्यकालमा नै मुख्यमन्त्रीको भद्र समहति भएर पनि अवसर चुकाउनु परेका नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने दौडका मुख्य प्रतिष्पर्धी हुन् । उनीसँगै नेपाली काँग्रेसका अर्का नेता आनन्दराम पराजुली पनि मुख्यमन्त्री बन्ने अभिलाषामा उम्मेरदवार बनेका छन् । पराजुली र बानियाँ काँग्रेसमा फरक धारका नेता हुन् ।
सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार बानियाँ हाल प्रदेशको मुख्यमन्त्री बन्नुपथ्यो । नेकपा एमालेको सरकार ढालेपछि समाजवादीका राजेन्द्र पाण्डे नेतृत्वमा प्रदेश सरकार गठन हुँदा आठ–आठ महिना कार्यकाल सरकारको नेतृत्व गर्ने सहमती भएको थियो । तर,पछि मुख्यमन्त्री पाण्डेले बानियाँलाई पद छाड्न मानेनन् । पाण्डेलाई हटाएर बानियाँलाई मुख्यमन्त्री बनाउँदा अरु प्रदेशमा समेत सत्ता गठबन्धन टुट्ने भएपछि शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाललगायत शिर्ष नेतृत्वबाटै पाण्डेको सरकार नै यथास्थितीमा राख्ने सहमति भयो ।
प्रतिक्रिया दिनुहोस